Sunday, August 9, 2020

Homework for All

Homework for all the students :


पूर्व प्राथमिक तह


१. नम्र, साँचो बोल्न र राष्ट्रिय गान गाउन सिकाउनुहोस् ।

२. घर वरिपरि पाइने जनावर, फलफूल, तरकारी र अरु बोट विरुवा चिनाउनुहोस् । 

३. नेपाली र अंग्रेजी भाषाका बालगीत गाउन र नाच्न सिकाउनुहोस् ।

४. खाली कापी दिएर केही लेख्न वा चित्र बनाउन दिनुहोस् र रङ भर्न लगाउनुहोस् । 

५. बच्चाले गर्न सक्ने काम जस्तै फूल विरुवामा पानी हाल्ने, स-साना लुगा धुने, आफूले खाएका भाँडा माझ्ने आदि कार्य गर्न लगाउनुहोस् । 

६. व्यक्तिगत सरसफाइ जस्तै कपाल कोर्ने, नङ काट्ने, हातखुट्टा धुने आदि कार्य गर्न लगाउनुहोस्। 

७. राति सुत्ने बेलामा राम्रा कुराहरू सुनाउने, जस्तै कथा बाल्यकालका रोचक कुराहरू सुनाउने गर्नुहोस् । 

८. आफ्नो घर परिवारका सदस्यहरूसँगको नाता, नाम भन्न सिकाउनुहोस् । 

९. साथीहरूको नाम तथा मन पर्ने साथी, शिक्षक शिक्षिकाको बारेमा सोच्नुहोस् र भन्न लगाउनुहोस् ।

१०. भर्याङ् चढ्दा वा झर्दा गन्ती गर्दै बच्चासँग चढ्ने वा झर्ने गर्नुहोस् ।



कक्षा-१


१. बिहान सबेरै उठी व्यक्तिगत सरसफाइ गरे पश्चात् राष्ट्रिय गान गाउनुहोस् ।

२. तपाईंको घर वरपर भएका सजीव (Living) र निर्जिव (Non-living) वस्तुहरुको नाम लेख्नुहोस् । 

३. साबुन पानीले हात धुने, नङ काट्ने, कपाल कोर्ने, दाँत माझ्ने, नुहाउने, कपडा धुने जस्ता कुराहरू आफ्नो अभिभावकबाट सिक्नुहोस् । 

४, कागज र माटोबाट आवश्यकतानुसार अभिभावकको सहयोग लिई आफुलाई मनपर्ने कुनै पाँचवटा सामग्री बनाउनुहोस् । 

५. Cube(धन), Cuboid (षड्मुखा), Circle (गोलाकार) र cylinder (बेलनाकार) को चित्र बनाउनुहोस् । 

६. आफ्नो घरभित्र र घर वरिपरि सरसफाइ गर्नुहोस् ।



कक्षा-२


१. बिहान उठेर व्यक्तिगत सरसफाई पश्चात राष्ट्रिय गान गाउनुहोस् ।

२. तपाईंको घरमा आफ्नो  बारीमा हुने तरकारी के-के छन् ? लेखेर ल्याउनुहोस् । 

३. आफ्नो परिवारको सबै सदस्यहररूका नाम नेपाली र अंग्रेजीमा लेखेर ल्याउनुहोस् । 

४. तपाईंले करेसाबारीमा काम गरेको कुनै पाँचवटा फोटोहरू मोबाइलमा खिचेर देखाउनुहोस् । 

५. माटोबाट बन्ने कुनै तीनवटा वस्तुहरू निर्माण गरेर ल्याउनुहोस् । 

६. तपाईंको घर वरिपरि पाइने कुहिने र नकुहिने वस्तुहरूको सूची बनाउनुहोस् । 

७. तपाईको घरमा भएको तीनवटा बाख्रीहरूले २/२ वटा पाठापाठीहरू पाए भने जम्मा कति भए? ती मध्ये तीनवटा चर्न गए भने घरमा कति रहे ? 

८. गाउँ घरमा पाइने ढिकी, जाँतो, हलो र जुबाको चित्र बनाएर देखाउनुहोस् । 

९. क) ९ वटा २ जोड्दा कति हुन्छ ?

    ख) ७ वटा ३ जोड्दा कति हुन्छ ? लेखेर ल्याउनुहोस् ।

१०. Write down at least five sentences describing yourself.



कक्षा-३


१. बिहान उठेर आफ्नो व्यक्तिगत सरसफाइपछि राष्ट्रिय गान गाउनुहोस् । 

२. भान्सामा गएर चिया पकाएको हेरी के-के सामग्री चाहिन्छन् ,  लेख्नुहोस् । 

३. आफ्नो घर वरपर पाइने जनावरहरूको चित्र बनाई ती जनावरहरूको बारेमा छोटकरीमा लेख्नुहोस् ।

४. २ देखि १० सम्म दुना (Multiplication Table) घोकेर, लेखेर आउनुहोस् । 

५. तपाईको गाउँघरमा गाइने कुनै तीनवटा लोक गीतहरू लेखेर ल्याउनुहोस् । 

६. Write down at least five sentence describing your school.

७. आफूलाई मनपर्ने कुनै दशवटा खेलहरूको नाम लेख्नुहोस् । 

८. माटोबाट बनाइने कुनै तीनवटा वस्तुहरूको निर्माण गरेर ल्याउनुहोस् ।

९. क) ७ वटा २ जोड्दा कति हुन्छ ?

   ख) ८ वटा ३ जोड्दा कति हुन्छ ? लेखेर ल्याउनुहोस् । 

१०. तपाईंलाई मनपर्ने कुनै तीनवटा फूलहरूको नाम लेख्नुहोस् । 



कक्षा ४ र ५


१. बिहान सबेरै उठी व्यक्तिगत सरसफाई पश्चात् राष्ट्रिय गान गाउनुहोस् । 

२. कोरोना संक्रमणबाट बच्न के कस्ता उपायहरू अपनाउन सकिन्छ ? लेख्नुहोस् । 

३. 'लकडाउन', 'क्वारेन्टाइन', 'आइसोलेसन' र 'सेनीटाइजर' शब्दहरूको बारेमा तपाईंले के बुझ्नुभएको छ? छोटकरीमा लेख्नुहोस् । 

४. बिहान उठेदेखि तपाईं आफ्नो बाबा आमालाई के-के काममा सघाउनुहुन्छ ? लेख्नुहोस् । 

५. तपाई कति नं. प्रदेशमा बस्नुहुन्छ ? तपाईंको प्रदेशमा पर्ने कुनै पाँचवटा जिल्लाहरूको नाम लेख्नुहोस् । 

६. Write a paragraph on 'Our Country'.

७. चिया पकाउने विधि तयार पारी चिया पकाएर बाबा आमालाई पिउन दिनुहोस् । 

८. तपाईंले सुनेका कुनै दुईवटा कथाहरू लेख्नुहोस् । 

९. माटो र कागजबाट बन्ने तपाईंको इच्छा अनुसारका विभिन्न आकृतिहरू तयार पार्नुहोस् । 

१०. लकडाउनको समयमा बिहान उठेदेखि साँझसम्म गर्ने कार्यहरूसहित एक दिनको दैनिकी तयार पार्नुहोस् । 

११. आफ्नो घर अगाडि फूलबारी तयार पारी सरसफाई गर्नुहोस् ।



कक्षा : ६


विषय : नेपाली


१. तपाईंलाई मनपर्ने दुईवटा राम्रा कथा राम्रा अक्षर बनाएर लेख्नुहोस् । आफूले लेखेका कथा घरमा सबै परिवारलाई राखेर सुनाउनुहोस् । विद्यालय खुलेपछि कक्षामा पनि सुनाउनुपर्छ । अक्षर लेखनको प्रतियोगिता पनि हुन्छ । 

२. यो बन्दाबन्दी (लकडाउन) को समयमा तपाईंले घरमा बसेर के के काम गर्नुभयो ? एक पेजमा आफुले गरेका कामका बारेमा लेख्नुहोस् । 

३. तपाईंलाई मन परेका दुईवटा कविता तथा गीत लेख्नुहोस् । 

४. नेपाली किताबमा भएका मध्ये कुनै दुईवटा रङ्गिन चित्र बनाउनुहोस् । चित्र अलग पानामा बनाए पनि हुन्छ ।



Class: 6


Sub: English


1. Make a list of any five words each day and make sentences using them. (for 10 days) 

2. Read any text or any piece of story and find out any 15 words and make sentences using them. 

3. Make a list of at least 50 nouns and adjectives consulting you grammar book or dictionary.

4. Write essays on the following topics: 

a) My Family b) My School c) My Village



कक्षा : ६     Class: 6



विषय : गणित      Subject: Mathematics


१. दैनिक उपभोग्य सामान बजारबाट किनेको वस्तुको नाम र मूल्य सूची तयार गर्नुहोस् ।

List the name and price of materials used in our daily life.

२. घरभित्र रहेका नियमित ठोस वस्तुहरूको नाम लेखी तिनीहरूको लम्बाई र चौडाई मापन गर्नहोस् । 


Write the name of regular solid objects found at your home and measure length and breadth. 

३. एक पदीय, दुईपदीय र वहुपदीय विजीय अभिव्यञ्जक ५/५ वटा लेख्नुहोस् ।

Write any five algebraic expressions of Monomials, Binomials and Polynomials.



कक्षा: ७


विषय : नेपाली


१. तपाई ७ कक्षामा पढ्दाको नेपाली किताबको वा ८ कक्षाको नेपाली किताबको हरेक दिन १० वटा शब्द खोज्नुहोस् तिनका अर्थ लेख्नुहोस् र राम्रा अक्षरमा तिनै शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् । 

२. हरेक दिन तपाईले सुनेका कुनै नयाँ कुराहरु समेटेर समाचारको रुपमा लेख्नुहोस् । आफूले लेखेको समाचार  

ठीक छ कि छैन भनेर अभिभावकलाई सुनाउनुहोस् । कतै मिलाउनुपर्ने भए फेरि मिलाएर लेख्नुहोस् । 

३. यो बन्दाबन्दी (लकडाउन) को अवधिभर तपाईंले घरमा बसेर के के काम गर्नुभयो ? ती कुराहरू समेटेर तपाईंको अनुभव लेख्नुहोस् । 

४. एउटा राम्रो कविता वा गीत तयार गर्नुहोस् ।आफूले तयार गरेको कविता वा गीत घरमा पनि सुनाउनुहोस् । 

ठीक छ कि छैन भनेर सोध्नुहोस् । मिलाउनुपर्ने भए मिलाउनुहोस् । विद्यालय खुलेपछि यही कविता         

प्रतियोगितामा पनि भाग लिएर सुनाउन सक्नुहुनेछ । कविता वा गीत मौलिक हुनुपर्नेछ ।



Class: 7


Sub: English


1. Find out the different objects available in your locality each day and write their names in English (at least for 15 days). 

2. Write down any five sentences using simple present tense for each day and change them into past simple. 

3. Make a list of positive form of adjectives at least five words for each day and change them into comparative and superlative form.

4. Write an essay on the following topics: 

a) My Family b) My School 

c) My Favourite Place   d) My Best Teacher



कक्षा : ७     Class:7 


विषय : गणित       Subject: Mathematics


१. तपाईको घरभित्र भान्सामा प्रयोग हुने वस्तुको १० दिनसम्म कुन-कुन वस्तु कति रकमको खर्च भयो सूची तयार गरी निम्न अनुसारका प्रश्नका उत्तर लेख्नुहोस् । List the expenditure of daily used materials in your kitchen and answer the following questions. 

i)  सबै भन्दा धेरै पैसा कुन वस्तुमा खर्च भयो ?

Which material has maximum expenditure? 

ii) सबैभन्दा कम पैसा कुन वस्तुमा खर्च भयो ?

Which material has minimum expenditure? 

ii) वस्तुको परिमाण र मूल्यको आधारमा स्तम्भ चित्रमा देखाउनुहोस् ।

Construct a bar graph on the basis of quantity and price. 

२. तपाईको घरभित्र रहेका वस्तुलाई त्रिभुजाकार, वर्गाकार, आयताकार, घनाकार समूहमा छुट्याइ लेख्नुहोस् ।  

Classify the materials found at your home into square, cube, rectangle and triangle. 

३. एकपदीय, दुईपदीय, तिनपदीय र वहुपदीय विजीय अभिव्यञ्जक ४/४ ओटा लेखी तिनीहरूको डिग्री पनि लेख्नुहोस् ।  

Write any four algebraic expressions as monomial, binomial, trinomial and polynomial with their degree.



कक्षा : ७    Class:7


विषय : विज्ञान      Subject: Science


१. तपाईको दैनिक जीवनमा प्रयोग हुने कुनै दश प्रकारका यन्त्रहरूको सूची बनाई यी यन्त्रहरू सरलयन्त्र हुन् कि होइन छुट्याउनुहोस् र यी यन्त्रहरूको वर्गीकरण पनि गर्नुहोस् । 

Collect any ten different types of machines used in your daily life and find whether they are simple machine or not?  Classify them.

२. आफ्नो घर वरिपरिबाट कुनै दशवटा वस्तुहरू जम्मा गर्नुहोस् । यी वस्तुहरू धातु हुन् कि अधातु हुन् छुट्याउनुहोस् । 

Collect any ten substances in your surroundings and  identify whether they are metals or non-metals.

३. तपाईंको एउटा हातको नाडी अर्को हातले छाम्नुहोस् र प्रतपाईनेट नाडीको गति पत्ता लगाउनुहोस् । यसरी नै १५ दिनसम्मको आफ्नो नाडीको गति पत्ता लगाई टिपोट गर्नुहोस् । अब टिपोट गरिएको नाडीको गतिमा के फरक पाउनुभयो? किन? लेख्नुहोस् । 

Check the wrist of your one hand by the thumb of another hand carefully. Find out the  rate of pulse per minute for 15 days. Is there any difference? Why?



कक्षा : ७ 


विषय : सामाजिक     Subject: Social Studies


१. विश्वभर फैलिएको कोरोना भाइरस (Covid-19) सम्बन्धी गीत, कविता रचना गर्नुहोस् ।

Compose a song or poem about corona virus (Covid-19) 

२. एक नागरिकका हैसियतले राज्यले लगाएको Lockdown (बन्दाबन्दी) को नियम पालना कसरी गरिरहनु भएको छ ? यस अवस्थामा समाजमा अप्ठ्यारोमा परेको व्यक्तिलाई कसरी सहयोग गर्न सकिन्छ ? उपायहरू लेख्नुहोस् । 

How do you obey the rules of lockdown as a citizen of Nepal? How can you help the people who are in trouble at this period? Write down your views.

३. तपाईंको समुदायमा मनाइने चाडपर्वहरूको चार्ट तयार गर्नुहोस् ।

Draw a chart of the festivals which are celebrated in your community.

४. राष्ट्र/समुदायमा घटेका घटनाका आधारमा समाचार तयार पार्नुहोस् ।

Prepare a short news about an incident which happened recently in your community or nation. 

५. नेपालको नक्सा बनाई ७ प्रदेश छुट्याऊनुहोस् ।

Draw a map of Nepal and indicate the  seven provinces. 

६. जनसंख्या शिक्षा भनेको के हो ? जनसंख्या शिक्षा अध्ययनबाट हुने फाइदाहरू लेख्नुहोस् ।

What is population education? Write down the advantages of population education.



कक्षा: ८


विषय : नेपाली


१. बन्दाबन्दी (लकडाउन) को यस अवधिभर घरमै बस्दा बस्दा, कसैसँग भेट्न नपाउँदा कस्तो अनुभव गर्नुभएको छ ? आफूले बुझेको कुरा समेटेर कम्तिमा १५० शब्दमा अनुभव लेख्नुहोस् । 

२. हरेक दिन रेडियो सुन्नुहोस् वा टेलिभिजन हेर्नुहोस् अथवा यो सम्भव छैन भने परका दाजुदिदी, छरछिमेकी, घरमा बुबाआमा, अभिभावकले गर्नुभएको राम्रा कुराहरूका बारेमा हरेक दिनको एउटा आफूलाई मन परेका कुराहरू समेटेर समाचार बनाउनुहोस् । समाचार लेख्दा मिति लेख्नुपर्छ । 


३. कक्षामा पढिरहेको नेपाली किताब अथवा आफूभन्दा माथिल्लो कक्षाको                                                               

नेपाली  किताबको एक दिनमा कम्तिमा दशवटा फरक-फरक शब्द खोज्नुहोस् र तिनका अर्थ  लेखेर ती शब्दहरूको १/१ वटा वाक्य बनाउनुहोस् । वाक्यहरू किताबकै भएपनि हुन्छ तर फरक फरक हुनुपर्छ । 

४. तपाईले जानेका कविता वा छोटो कथाहरू लेख्नुहोस् । कथा र कविता हप्ताको एउटा तयार पार्नुहोस् ।

५. घरमा बस्दा घरका सबै परिवार भएको समयमा किताबको कुनै पाठ पढेर सबैलाई सुनाउनुहोस् । हरेक दिन एउटा पाठ पढ्दा हुन्छ। 

६. आफ्नो मन पर्ने साथीलाई तपाईले घरमा बस्दा गरेका राम्रा र असल कामहरू र कोरोना लाग्नबाट बच्न तपाईंको घरमा अपनाइएका विधिहरू समेटेर एउटा चिठी लेख्नुहोस् । 

७. तपाईलाई मन पर्ने नेपाली किताबमा भएका चित्रहरू मध्ये २ वटा रङ्गिन चित्र बनाउनुहोस् ।

८. हरेक दिन जुनसुकै पाठबाट भएपनि १० वाक्य राम्रा अक्षर बनाएर लेख्नुहोस् । हरेक दिनको अक्षर लेखनलाई तुलना गर्नुहोस् र अक्षरलाई अझ राम्रो लेख्न कोशिस गर्दै जानुहोस् ।

९. २०७७ साल जेठ १५ गते नेपालमा गणतन्त्र दिवस मनाइन्छ । यो दिनका बारेमा बिहानैदेखि रेडियो सुन्ने वा टेलिभिजन हेर्ने वा कुनै स्रोतबाट पत्रपत्रिका खोजेर "नेपालमा गणतन्त्र दिवस" शीर्षकमा तपाईंले बुझेका कुरा समेटेर निबन्ध लेख्नुहोस् । 

१०. विद्यार्थी भाइबहिनी ! सस्वर उच्चारण गरेर प्रष्ट बुझिने गरी गति यति लय मिलाई पढ्ने र अक्षर लेख्न सुधार गर्ने यो राम्रो अवसर हो । यस समयलाई सदुपयोग गरेर आफुलाई अब्बल  बनाउनुहोस् ।



Class: 8


Sub: English


1. Listen to/watch an English news bulletin/movie and pick out at least 20 words and find out the meanings consulting English dictionary. Also make sentences using those words. 

2. Ask your mother or grandmother to tell a story and translate the story into English as you have listened. 

3. Suppose your relative from Syangja Bazaar has arrived your home, Rampur for the first time. He wants to learn more about your village. How do you describe him about Rampur?

4. Write an essay on the following topics:

    a) My Country b) My Daily Routine c) My Aim in Life d) Importance of Games and Sports in Our Life.



Class: 8 


Subject: Mathematics


१. रेखा प्रतिच्छेदन हुँदा बन्ने कोणहरूको नाम र परिभाषा लेखी चित्रहरूद्वारा देखाउनुहोस् ।

 Name and define the angle which are formed by the intersecting lines. Also make the figure. 

२. संख्या रेखाभित्र कुन कुन संख्याको प्रयोग गरिएको हुन्छ ? लेख्नुहोस् ।

What numbers are used in number lines? Name the numbers. 

३. द्विआधार पञ्चआधार र दशमलव संख्या पद्धति बीचमा के कस्तो सम्बन्ध होला? के कारणले द्विआधार, पञ्चआधार र दशमलव संख्या पद्धति भनिएको होला ? What is the relationship among binary, quinary and decimal numbers? On what basis are the numbers defined as binary, quinary and decimal numbers?



कक्षा : ८      Class:8


विषय : विज्ञान      Subject: Science


१. पारमाणविक संख्या १ देखि २० सम्मका तत्त्वहरूको संकेत, संयुज्यता र इलेक्ट्रोन विन्यास सहित पारमाणविक  संरचना चार्ट पेपरमा बनाउनुहोस् । 

Draw an atomic model from 1 to 20 elements with their symbol, valency and electronic configuration on a chart paper. 

२. तपाईको घरमा जमरा बनाउने प्रक्रिया अवलोकन गर्नुहोस् । जमराका साना विरुवाहरू किन पहेँलो देखिन्छन् ? यी जमरालाई घाममा उमार्दा के हुन्छ ? के नतिजा पाउनुभयो ? लेख्नुहोस् ।    

Observe the process of preparation of Jamara at your home. Why are the young plants (Jamara) found yellow in colour? What would happen if the Jamara is grown on sunny place? Write down your view. 

३. फरक आकार भएका तीनवटा काठका टुक्राहरू लिनुहोस् । यी टुक्राहरूको घनत्व पत्ता लगाउनको लागि पिण्ड र आयतन पत्ता लगाउनुहोस् । यी टुक्राहरूको घनत्वमा के फरक पाउनुभयो लेख्नुहोस् । 

Take any three different sized wooden block and find their mass and volume to calculate density. What difference is found in density of three wooden blocks. Write.



कक्षा : ८       Class: 8 


विषय : सामाजिक        Subject: Social Studies


१. कोरोना भाइरस (Covid-19) को कारणले भएको बन्दाबन्दी (lockdown) ले विश्वमानव जीवनमा पारेका प्रभावहरू लेख्नुहोस् । कोरोना भाइरस (Covid-19) सर्नबाट बच्ने उपायहरू लेख्नुहोस् । 

Write down the effects of coronavirus (Covid-19) in human  life. What precautions can we adopt against Covid-19? 

२. तपाई बसेको वडा/नगरपालिकाबाट तपाईको समुदायमा भएका विकास निर्माण कार्यका सूची बनाउनुहोस् । 

Make a list of the development works run by your ward/municipality in your community. 

३. नेपालको नक्सा बनाई सात प्रदेश छुट्याई तिनीहरूका प्रदेश केन्द्र देखाउनुहोस् ।

Draw a map of Nepal and indicate seven provinces and their headquarters. 

४. हाम्रो देशमा जनसंख्या वृद्धि हुनाका कारणहरू के-के हुन् ? जनसंख्या व्यवस्थापनका उपायहरू लेख्नुहोस् । What are the causes of increasing population in Nepal? Write down the measures of population management in Nepal. 

५. विदेशमा रहेका आफ्ना आफन्तलाई हाल विश्वभर फैलिएको कारोना भाइरस (Covid-19)बाट बच्नका लागि अपनाउन सक्ने उपायहरू उल्लेख गर्दै सकेसम्म आफू सुरक्षित रहन अनुरोध गर्दै पत्र लेख्नुहोस् । 

Write a letter to your relative now residing in foreign country mentioning to be safe from  coronavirus (covid-19) that is transmitted worldwide now and requesting him/her to be safe from it as far as possible.



माध्यमिक तह 


कक्षा : Class: 9


विषय : सामाजिक     Sub.: Social Studies


१. विकास र विनाश बारे आफ्नो धारणा उल्लेख गर्नुहोस् ।

Introduce the concept of development and destruction. 

२. विद्यालय बन्द रहेको यस परिप्रेक्ष्यमा सिकाइलाई दिगो बनाउन तपाईले गर्दै आएका रचनात्मक

कार्यहरू उल्लेख गरी आगामी दिनमा ती बाहेक अन्य कस्ता कार्य गर्ने योजना रहेको छ, प्रतिवेदन तयार पार्नुहोस् । 

In the present day context, teaching learning process has been completely disturbed  due to lockdown in Nepal. What sorts of constructive plans have you made to make the learning process sustainable? Prepare a report. 

३. स्थानीय प्रविधिबारे आफ्नो धारणा उल्लेख गर्दै तपाईंको समुदायमा प्रयोग हुँदै आएका स्थानीय प्रविधिहरूको सूची उल्लेख गर्दै महत्व प्रष्ट पार्नुहोस् । Have your say about local technology? Make a list of local technologies which are used in your community. Also mention the need and importance of such technologies. 

४. बन्दाबन्दीको बेलामा तपाईंले गर्नुभएका घरायसी कार्यहरूको विवरण उल्लेख गर्नुहोस् ।

Write down the home activities that you have done during lockdown period.



Class: 9


English


1. Listen to/watch any English news bulletin on the radio/TV everyday and

i) pick out any five new words.

ii) consult the dictonary to find out meaning of the words and use the words in your own sentences. 

2. Have a telephone conversation with your classmate in English everyday  about your daily activities. 

3. In the presence of your parents, practise giving speech on general topics like 'Our Country', 'Discipline' etc. 

4. Involve yourself in consulting English dictionary for at least 30 minute a day. 

5. Write a story you have read or heard in about 120 words. 

6. Write a biography of your father or mother. 

7. Write a letter to your brother/sister/uncle staying abroad convicing  him/her how to be safe from coranavirus (covid-19). 

8. Write an essay on 'My Experience on the First Day of My School'. 

9) Consult your grammar book and do the activities given below:

a) Make a list of auxilary verbs.  

b) Make a lis of any ten adjectives with their comparative and superlative forms. 

c) Make a list of irregular verbs with their different forms.



Class: 9


विषय : लेखा


१. तपाईको घरमा हुने आर्थिक क्रियाकलापहरूको सूची तयार गरी २०७७ जेष्ठ ६ गतेदेखि २०७७ जेठ २० सम्मको आम्दानी र खर्च उल्लेख गरी नाफा वा घाटा पत्ता लगाउनुहोस् ।   

List out the household economic activities of income and expenditures from 6th of Jestha to 20th of Jestha 2077 and find out the net profit or loss. 

२. आर्थिक वर्ष २०७७/०७८ का लागि तपाईंको घरपरिवारको आम्दानी खर्चको अनुमानित बजेट तयार गर्नुहोस् । 

Prepare an estimated budget income and expenditure for the fiscal year 2077/078.



कक्षा : ९


विषय : नेपाली


१. विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण तपाईं घरमै एकान्तबास बस्दा गरेका कार्य र भोगेका अनुभवलाई समेटेर दश दिनको दैनिकी छुट्टाछुट्टै तयार पार्नुहोस् । 

२. आफूले जानेका वा आफ्ना अभिभाकसँग सोधेर कुनै दुई कथाहरू सफासँग लेख्नुहोस् । 

३. 'कृषिमा आत्मनिर्भर नेपाल' शीर्षकमा कम्तिमा १५० शब्दमा निबन्ध तयार पार्नुहोस् ।

४. बन्दाबन्दी (लकडाउन) को समयमा घरमा बस्दा तपाईलाई सबैभन्दा महत्वपूर्ण र सम्झन योग्य भएको   

घटनालाई समेटेर पूर्ण भूतकालको वाक्यमा कम्तिमा १५ वाक्यको एक अनुच्छेद तयार पार्नुहोस् । 

५. टेलिभिजन वा रेडियोबाट प्रसारित समाचार सुनेर त्यहाँबाट १०-१० वटा नाम, सर्वनाम, विशेषण र क्रियापद  पहिचान गरी लेख्नुहोस् । 

६. कोरोना भाइरस महामारीका कारण विश्वमा घट्न सक्ने थप जटिल परिस्थितिलाई समेटेर सम्भावनार्थक वाक्यको प्रयोग गरी कम्तिमा दश वाक्यमा एक अनुच्छेद तयार पार्नुहोस् ।



कक्षा : ९ र १०    Class: 9 and 10


विषय : गणित    Sub.:  Mathematics


१. तपाईं आफू बस्ने कोठाको लम्बाई, चौडाई र उचाई नापी भुईंको, चार भित्ताको र सिलिङको छुट्टाछुट्टै क्षेत्रफल निकाल्नुहोस् । साथै सो कोठाको आयतन समेत हिसाब गरी निकाल्नुहोस् ।    

Find out the length, breadth and height of your room by using measuring tape then calculate the area of floor, four walls and ceiling. Also calculate the volume of the room. 

२. विभिन्न किसिमका ज्यामितीय आकार भएको तल उल्लेखित काठका वस्तुहरू संकलन गरी तिनीहरूको चित्रसमेत कोरी वास्तविक क्षेत्रफल निकाल्नुहोस् । Collect the following  geometrical shaped   solid substances and find out their areas with diagram. 

i) साबुन (Soap)  ii) सिक्का (coin) 

iii) डाइस (dice) iv) (cylindrical shape) 


३. वीज गणितमा प्रयोग हुने सुत्रहरूको सूची बनाउनुहोस् ।

List out the formulae used in algebra. 

४. भुजाहरू क्रमश 6cm, 7cm र 8cm भएको त्रिभुजको रचना गर्नुहोस् ।

Construct a triangle having sides 6cm, 7cm and 8cm.



Class: 10


English


1. Listen to/watch any English news bulletin on the radio/TV everyday and

i) Pick out any five news words 

ii) Consult the dictionary to find out the meaning of the words and use the words in your own sentences. 

2. Have a telephone conversation with your classmate in English everyday about your daily activities. 

3. In the presence of your parents, practise giving speech on general topics like 'Value of Time', 'Student Life' etc. 

4. Involve yourself in consulting English dictionary for at least 30 minutes a day. 

5. During the lockdown period, study some English literary texts like stories, essays, poems and compose any two literary texts of your own. 

6. Watch a movie you like and write a review of it. 

7. Write an essay on "The Impact of Coranavirus (Covid-19) in Social and Economic Aspects of Our Life" and   

mention what should be done and what shouldn't.

8. Consult your grammar book and do the activities given below:

a) Make a list of any 50 uncountable nouns. b) Make a list of irregular verbs with their different forms 

c) Write down the structure of different aspects of tense in active/passive voice with a sentence of each.



कक्षा : १०       Class: 10 

विषय : सामाजिक      Sub.: Social Studies


१. कोरोना भाइरसले विश्व मानव जीवनमा पारेको प्रभाव, यसबाट बच्ने उपाय, लक्षण र उपचारबारे प्रतिवेदन लेख्नुहोस् ।

Mention the effects of 'Covid-19' in world human life. Write down its symptoms and    safety measures to minimize its effects in human life. Prepare a report. 

२. समाजको परिचय दिई असल समाजका विशेषताहरू उल्लेख गर्दै असल समाज निर्माणमा तपाईंको भूमिका कस्तो हुनुपर्छ ? प्रतिवेदन तयार पार्नुहोस् । 

Introduce society  and make a list of characteristics of good society. What is your role to build a good society? Prepare a report.

३. कोभिड-१९ को कारण विद्यालय बन्द रहेको यो परिवेशमा शैक्षिक गतिविधिलाई निरन्तरता दिन तपाईंले गरेका कार्यहरू उल्लेख गरी नियमित कक्षा शिक्षणविना  सिकाई कसरी प्रभावकारी गराउन सकिएला । सुझाव दिनुहोस् । 

What is your role to  continue educational activities in this lockdown phase (due to COVID-19) and how is it possible to  regulate learning process?

४. उद्योगधन्दा र यातायातका साधन नचल्दा यसले समुदाय र वातावरणमा पारेको सकारात्मक र नकारात्मक प्रभावहरू बारेमा आफ्नो अनुभव उल्लेख गर्नुहोस् । 

What are the positive and negative impacts in community and environment caused by closing down of industries and means of transport ? 

५, संघीयता भनेको के हो ? संघीयताको आवश्यकता, महत्व यसका सकारात्मक तथा नकारात्मक पक्षहरू उल्लेख गर्दै संघीय सरकार र प्रदेश सरकारका कुनै चार कार्यहरू उल्लेख गर्नुहोस् ।    

What is federalism? Mention the need and importance and also write down the positive and negative aspects of it. Write down any four functions  of federal and provincial government in Nepal.



कक्षा : १०         Class: 10  

विषय : लेखा     Sub.: Accountancy


१. तपाईको परिवारमा भएको आम्दानी र खर्च सम्बन्धि विवरण तयार गरी जर्नल (गोश्वारा) भौचर तयार गर्नुहोस् । 

Prepare a list of income and expenditure of your family and prepare a journal voucher. 

२. अभिलेख व्यवस्थापन सम्बन्धी तपाईंको घरयासी कामकाजको कागजातहरू हेरी विषयगत फाइलिङ व्यवस्थापनमा तपाईंको घरमा भएको विल, भरपाई सर्टिफिकेट आदि कागजातहरूको फाइलिङ अवस्था चित्रण गर्नुहोस् । 

See whether the record management is used at your home or not. Express the real condition of maintaining subject filing to manage documents such as bills, vouchers, certificates etc.



कक्षा : १०


विषय : नेपाली


१. मानौं तपाईं स्वदेश छोडेर विदेशी भूमिमा हुनुहुन्छ, कोभिड-१९ का कारण काम गर्न नपाएर कोठामा बसिरहनु भएको छ । यस्तो बेलामा आफ्नो घर परिवारलाई सम्झँदै विदेशमा बस्दा मनमा उब्जिएका भावहरूलाई समेटेर मनोवाद तयार पार्नुहोस् । 

२. कक्षा १० मा आफूले गर्ने शैक्षिक योजनालाई समेटेर पूर्ण भविष्यत् कालमा कम्तिमा १५ वाक्यमा एक अनुच्छेद तयार पार्नुहोस् । 

३. नेपालको सीमा समस्या कहाँ-कहाँ र के कारणले   गर्दा भएका छन् ? यसको समाधानका लागि के कस्ता उपायहरू उपयुक्त होलान्? विभिन्न सञ्चार माध्यमबाट खोज गरी आफ्नो तर्कसहित निष्कर्ष लेख्नुहोस् । 

४. एकान्तवासमा बस्दा गरेका क्रियाकलाप, भोगेका अनुभूतिहरूलाई समेटेर १० दिनको दैनिकी तयार पार्नुहोस् । 

५. 'नेपालको अर्थतन्त्रमा कोभिड-१९ ले पार्न सक्ने प्रभाव' शीर्षकमा कम्तिमा २५० शब्दसम्मको निबन्ध तयार पार्नुहोस् । 

६. रेडियो वा टेलिभिजनबाट प्रसारित समाचार सुनेर त्यहाँबाट १०/१० वटा नाम, सर्वनाम, विशेषण र क्रियापद पहिचान गरी लेख्नुहोस् ।



कक्षा : ९ र १०     Class: 9 and 10 


विषय : विज्ञान     Sub.: Science


१. तपाईं  दुईवटा गमला ल्याउनुहोस् वा प्लाष्टिकको बट्टा ल्याउनुहोस् । त्यसमध्ये एउटामा चारवटा मकैको बीउ र अर्कोमा तीनवटा बोडीको बीउ राखी मल र माटोले पुर्नुहोस् र प्रत्येक दिन साँझमा पानी राख्नुहोस् कति दिनमा उक्त बीउ उम्रन्छ, त्यस बिरुवाको १५ दिनसम्म

अवलोकन गरी बोडी र मकैको जरा, काण्ड र पातमा देखिएका फरकहरू लेख्नुहोस् । 

Take  any two vases or plastic boxes. Put four seeds of maize in one pot and three  seeds of bean in another pot with mud and compost fertilizer. Water them daily, then observe it's roots, stem and leaves after germination and differentiate it. 

२. दैनिक जीवनमा प्रयोग हुने अम्ल, क्षार र लवणहरूको नाम लेखी तिनीहरू कुन-कुन कार्यमा प्रयोग हुन्छन् ? लेख्नुहोस् ।

List out daily used acids, bases and salts at our home then write it's uses. 

3. हाम्रो घरमा प्रयोग हुने सरल यन्त्र खोजी तिनीहरूको चित्र बनाउनुहोस् र बनोट तथा कार्यको बारेमा लेख्नुहोस् । 

Collect the simple machines used in our daily life and draw it's figure and write down it's functions. 

४. तपाईले देखेका वा भोगेका ४ वटा प्राकृतिक प्रकोपहरूको नाम लेखी त्यसका कारण रोकथाम र असरहरू लेख्नुहोस् । 

Write down about any four natural disasters which you have seen or experienced. Write down their causes, effects and preventive measures.

५. दैनिक बेलुका पख आकाशमा चन्द्रमाको अवलोकन गरी त्यसको आकार परिवर्तनको अवस्थाको चित्र तयार गरी आकार परिवर्तनको कारण खोजी निष्कर्ष लेख्नुहोस् । 


Observe the  shape and position of the moon daily in the evening and draw it's figure and then write down it's causes  of changing the size. 

६. तपाईंले देखेको कुनै एउटा उद्योगको अवलोकन गरी औद्योगीकरणले वातावरणमा पारेका कुनै चारवटा असरहरू अौंल्याउनुहोस् । 

Observe the industry which you have seen and point out any four effects of it on environment.

७. तपाईंको घर नजिकै रहेको फोहोर पानी जम्मा भएको ठाउँबाट एक बाल्टिन पानी ल्याई त्यसमा केही स-साना पातका टुक्राहरु समेत राखी दैनिक अवलोकन गरी त्यसमा आएको परिवर्तन कापीमा टिपी अन्तिममा त्यसको निष्कर्षमा पुग्नुहोस् । (लामखुट्टेको जीवनचक्र)

Take a bucket of polluted water that is dumped in the pond and then place a piece of leaf and flower regularly. After one week, what change will you see there? Draw the conclusion. (Life cycle of mosquito) 

८. दैनिक जीवनमा प्रयोग हुने कुनै २० वटा यौगिकको नाम र तिनीहरूको आणविक सुत्र लेख्नुहोस्। 

Write down any twenty names of compounds which are used in our daily life with molecular formula. 

९. तपाईंको घरमा पुरानो बिजुलीको चिमलाई पछाडिबाट प्वाल पारेर, पानी राख्नुहोस् ।उक्त पानी राखेको चिम प्रयोग गरी अक्षर हेर्नुहोस्, अक्षर हेर्दा अक्षरको आकारमा परिवर्तन भएको पाउनुभयो कि पाउनुभएन ? के कारणले यस्तो भएको होला ? निष्कर्षमा लेख्नुहोस् ।(लेन्स बन्छ र अक्षरको आकार ठूलो देखिन्छ।) 

Take a wastage filament bulb and then make a small hole from it's back and pour down the water inside it. Observe the   

 letter with water filled filament bulb. What changes do you seen there. Write the conclusion.(Here, lens is  formed then letters are seen bigger in size) 

१०. निम्न लिखित प्रयोग आफैं गरी त्यसको निष्कर्ष लेख्नुहोस् । 

i) एउटा बोतललाई बराबर ३ वटा प्वाल पारी त्यसमा पानी भरेर कुनै एक ठाउँबाट चाप दिँदा के देख्नुभयो ? निष्कर्ष लेख्नुहोस् । 

ii) एउटा गिलासमा पानी भरेर पोष्टकार्डले अड्याउँदा पानी किन तल झरेन? प्रयोग गरी निष्कर्ष लेख्नुहोस् ।  

Do the experiment yourself and write its conclusions: 

i) Take a bottle and make 3 small holes on it's surface. Press it and what change will you see there? Pick out the conclusion (Pascal's law) 

ii) Take a glass with full water covered with postcard. Then change the position of water glass in upright position with cardboard paper. Why doesn't the water fall? Write the conclusion. 

११. तपाईंले जानेका विज्ञानको जुनसुकै ठोस सामग्री तयार गरी त्यसको निर्माण विधि तथा त्यसको प्रयोग समेत उल्लेख गरी चित्रसहित परियोजना प्रतिवेदन तयार गर्नुहोस् ।

Prepare any solid materials related to science. Then write its process of construction and it's uses with diagram. Prepare a project report.


                               The End

Copied from Shyam Tiwari sir's wall and slightly edited/modified.


No comments:

Post a Comment