समय मै भर्ना, समय मै ज्ञान; गुणस्तरीय शिक्षा सबैको अभियान
भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
यस क्षेत्रको एक प्रतिष्ठित विद्यालय श्री सुनवर्षी माध्यमिक विद्यालय, रतुवामाई-५, मोरङमा शैक्षिकसत्र २०८० का लागि कक्षा नर्सरीदेखि कक्षा ९ सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ । त्यसै गरी एसईईको परीक्षाफल प्रकाशित हुनासाथ कक्षा ११ का लागि शिक्षा र व्यवस्थापनतर्फका विषयहरू पठनपाठन हुने गरी नयाँ भर्ना लिइने भएकोले कक्षा ११ मा भर्ना लिनका लागि समेत आजैदेखि विद्यालयमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला ।
हाम्रा विशेषताहरू:
- दक्ष र योग्य शिक्षकहरूद्वारा पठनपाठन,
- स्वच्छ र शान्त वातावरणमा पठनपाठन,
- कम्प्युटर ल्याबको व्यवस्था भएको,
- विज्ञान प्रयोगशालाको व्यवस्था भएको,
- पुस्तकालय र इ-पुस्तकालयको व्यवस्था भएको,
- विद्यार्थीहरूका लागि खेलकुद, सांगीतिक कार्यक्रम लगायतका अन्य अतिरिक्त क्रियाकलापको व्यवस्था भएको,
- पठनपाठन कै एक भागको रूपमा नयाँनयाँ स्थानहरूको अवलोकन, विभिन्न भाषा, धर्म र संस्कृति आदिको जानकारी तथा मनोरञ्जनका लागि विद्यार्थीहरूलाई हरेक वर्ष शैक्षिक भ्रमण लैजाने गरिएको,
- नियमित कक्षाकोठा शिक्षण सिकाइका अतिरिक्त खेलकुद, सांगीतिक कार्यक्रम लगायतका अन्य अतिरिक्त क्रियाकलापको माध्यमबाट विद्यार्थीहरूको सर्वाङ्गिण विकासमा जोड दिने गरिएको,
- नर्सरीदेखि कक्षा १ सम्मका नानीहरूका लागि र अन्य कक्षाका साना नानीहरूका लागि मनोरञ्जनात्मक सामग्रीको व्यवस्था भएको,
- बालमैत्री तथा सिकाईमैत्री वातावरण भएकाे,
- शौचालय, खानेपानी धारा र ट्युबवेलको राम्रो व्यवस्था भएको,
- खेलकुदको अभ्यासका लागि फराकिलाे खेल मैदान भएको,
- भवन, कक्षाकोठा, फर्निचर लगायत पर्याप्त भौतिक पूर्वाधार भएको,
- खेलकुद, कला, साहित्य, संगीत तथा नृत्यका लागि श्राेत शिक्षकहरूकाे व्यवस्था भएकाे,
- जीवनाेपयोगी ज्ञान र सीपका साथमा बिहानीको प्रार्थना लाइनबाटै दैनिक रूपमा गतिविधिहरू शुरुवात गरिने गरेको,
- कोरोना महामारीको समयमा लामो समयसम्म विद्यालय बन्द हुँदा अनलाइन कक्षाहरू सञ्चालन गरी शैक्षिक क्षतिलाई कम गर्न प्रयास गरिएको र भविष्यमा त्यस्तो अवस्था आएमा पुनः अनलाइन कक्षाहरू सञ्चालन गरिने,
- सुरक्षित घेराबारा भएको र विद्यालय समयभरि नै गेट बन्द गरी मर्यादित र अनुशासित वातावरण कायम गरिने गरेको,
- नियमित पठनपाठनमा मात्र सीमित नभई विद्यार्थीहरूको चौतर्फी विकासमा समर्पित रहेर खेलकुद, सांगीतिक कार्यक्रम लगायतका अन्य अतिरिक्त क्रियाकलापको माध्यमबाट यो क्षेत्रमै अब्बल र प्रतिस्पर्धी विद्यार्थीहरू उत्पादन गर्न सफल विद्यालय रहेको ।
थप जानकारीका लागि सम्पर्क :
मोबाइल नम्बर : ९८४२२५०९७२, ९८१९३३२०३२
इमेल : ykniraula@gmail.com sunbarshischool@gmail.com
No comments:
Post a Comment