Friday, January 12, 2024

२०७८ र २०८० सालको रतुवामाई नगरपालिकाका प्रधानाध्यापकहरूको अध्ययन अवलोकन भ्रमणको वृत्तान्त

 (स्मरण रहोस् यो अध्ययन अवलोकन भ्रमणको प्रतिवेदन होइन । यो भ्रमणको संस्मरणको लागि दैनिक डायरीको रूपमा गरिएको टिपोट मात्र हो )।             

                                  - यज्ञकुमार निरौला


 रतुवामाई नगरपालिकाका सामुदायिक विद्यालयका "प्रधानाध्यापकहरूको अध्ययन अवलोकन भ्रमण"

               २०७८ फागुन २३-२७

             (दैनिक डायरीको रूपमा)

१. भ्रमणका उद्देश्यहरू : 

- विचार र अनुभवको आदानप्रदानको माध्यमबाट अन्य स्थानका नमूना विद्यालयहरूका शैक्षिक अनुभवहरू ग्रहण गर्ने र आफ्ना अनुभव र अभ्यासहरूको बारेमा जानकारी गराई विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पुर्‍याउने ।

- आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने ।

२. भ्रमणको नारा: 

"एक ठाउँको सफल अभ्यास, अर्को ठाउँको लागि सिकाई"

३. विशेष धन्यवाद : 

(क) रतुवामाई नगरपालिका, नगर कार्यपालिकाको कार्यालय (शिक्षा शाखा), सिजुवा, मोरङ

(ख) हामीले भ्रमण गरेका  तलको दैनिक डायरीमा उल्लेखित सम्पूर्ण विद्यालयहरू र अन्य दर्शनीय स्थलहरू

                ~ दैनिक डायरी ~

२०७८/११/२३

बिहान करिब १०:३० बजे रतुवामाई नगरपालिकाको आमबारी चोकबाट भ्रमण शुरू गरी उर्लाबारी (मोरङ), इटहरी, चतारा (सुनसरी), बेलका न.पा., (उदयपुर), बेल्टार (चौदण्डीगढी न.पा.,उदयपुर), गाईघाट (त्रियुगा न.पा.,उदयपुर), कदमाहा (सुरूङ्गा न.पा.,सप्तरी), लहान न.पा. (सिराहा)को बाटो हुँदै सिन्धुली आइपुगी "होटल सिन्धुली प्लाजा" मा बास बसियो ।

२०७८/११/२४

बिहान सिन्धुलीबाट हिँडेर रामेछापको सदरमुकाम मन्थली हुँदै दोलखाको 'जिरी प्राविधिक शिक्षालय' अवलोकन गरियो । तत्पश्चात् बेलुका चरिकोट पुगी  "होटल किङ्गस एण्ड लज" मा बास बसियो ।

२०७८/११/२५

बिहान चरिकोटबाट हिँडेर कालिञ्चोक भगवतीको दर्शन गरियो । साथै अपरान्हतिर दोलखा कै भीमेश्वर न.पा.को 'श्री भीम माध्यमिक विद्यालय' को अवलोकन गर्नुका साथै शैक्षिक अनुभव आदानप्रदान गरियो । तत्पश्चात् भीमेश्वर महादेवको दर्शन गरियो । बेलुका सिन्धुपाल्चोक जिल्लाको खाँडीचौर आएर "सगरमाथा होटल" मा बास बसियो ।

२०७८/११/२६

खाँडीचौरबाट बिहान हिँडेर काभ्रेको पनौती पुगी 'श्री भालेश्वर मा.वि.' को अवलोकन गर्नुका साथै अनुभव आदानप्रदान गरियो । तत्पश्चात् ३:१५ बजेतिर भक्तपुरको सल्लाघारी हुँदै ४:१५ बजे काठमाण्डौ पशुपतिनाथ पुगेर  पशुपतिनाथको दर्शन गरी ५:३० बजेतिर मुग्लिङतर्फ लागियो र राती ११:०० बजे मुग्लिङ आइपुगी "थकाली धौलागिरी होटल एण्ड लज" मा बास बसियो ।

२०७८/११/२७

बिहान मुग्लिङबाट हिँडेर चितवनको भरतपुरमा रहेको 'श्री नारायणी नमुना मा.वि.' पुगी अवलोकन गर्नुका साथै विचार तथा अनुभव आदानप्रदान गरियो । तत्पश्चात् देवघाट पुगी देवघाट धामको दर्शन गरियो र बेलुकीपख हेटौंडा आइपुगी सहिद स्मारक अवलोकन गरेर हेटौंडाकै एउटा होटलमा भोजन गरी बेलुका ९:०० बजेतिर घरतर्फ लागियो र २८ गते बिहान घर आइपुगियो । 

यसरी "प्रधानाध्यापकहरूको अध्ययन अवलोकन भ्रमण" समापन गरियो जो आफैंमा सफल र सार्थक रह्यो ।

                             ***

   रतुवामाई नगरपालिकाका सामुदायिक विद्यालयका       "प्रधानाध्यापकहरूको अध्ययन अवलोकन भ्रमण"

                    २०८० पौष २३-२७

                 (दैनिक डायरीको रूपमा)

१. भ्रमणका उद्देश्यहरू : 

 - विचार र अनुभवको आदानप्रदानको माध्यमबाट अन्य स्थानका नमूना विद्यालयहरूका शैक्षिक अनुभवहरू ग्रहण गर्ने र आफ्ना अनुभव र अभ्यासहरूको बारेमा जानकारी गराई विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पुर्‍याउने ।

- आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने ।

२. भ्रमणको नारा: 

"एक ठाउँको सफल अभ्यास, अर्को ठाउँको लागि सिकाई"

३. विशेष धन्यवाद : 

(क) रतुवामाई नगरपालिका, नगर कार्यपालिकाको कार्यालय (शिक्षा शाखा), सिजुवा, मोरङ

(ख) हामीले भ्रमण गरेका  तलको दैनिक डायरीमा उल्लेखित सम्पूर्ण विद्यालयहरू र अन्य दर्शनीय स्थलहरू

                ~ दैनिक डायरी ~

२०८०/०९/२३

आज बिहान ९:०० बजे रतुवामाई नगरपालिकाको वडा नं.१ स्थित हटियाडाँडाबाट हाम्रो भ्रमण बस शुरू भयो र लगभग ११:३० बजे इटहरी आइपुग्यो । तत्पश्चात् चताराको कोशी पुल तरेर उदयपुरको बेलका नगरपालिका, चौदण्डीगढी हुँदै २:३९ बजे त्रियुगा नगरपालिकाको गाईघाट आइपुगियो । तत्पश्चात् बसमा केही सामान्य समस्या आएपछि बसले स्पीड लिन नसकेको कारण बेलुका ६:०० बजेतिर मात्र कटारी आएर माछापुच्छ्रे होटल एण्ड लजमा बास बसियो ।

२०८०/०९/२४

आज बिहान हिजो बेलुकादेखि ग्यारेजमा लगिएको गाडी ठीक भएपछि ८:४९ बजे कटारीबाट प्रस्थान गरियो ।  ११:३० बजेतिर सुनकोशी नदीको किनारमा रहेको घुर्मी भन्ने ठाउँमा आई विशाल होटल एण्ड लजमा खाना खाइयो । खानापछि १२:२७ बजे सुनकोशीको पुल तरेर ओखलढुंगा प्रवेश गरियो । त्यसै गरी बेलुका ५:१५ तिर सोलुखुम्बुको सोलुदुधकुण्ड न.पा.- ७ मा अवस्थित श्री गार्मा मा.वि.को अवलोकन गरियो । श्री गार्मा मा.वि.मा लगभग १:३० घण्टाको कार्यक्रम पश्चात् द हिमालयन याक होटल एण्ड रेष्टुरेन्टमा  बास बसियो ।

२०८०/०९/२५

आज बिहान केही समयको घुमघामपछि ८:३४ बजे सोलुखुम्बुको सल्लेरीबाट प्रस्थान गरियो । दिउँसो १२:२५ बजे ओखलढुंगाको सिद्धिचरण नगरपालिका आइपुगी केही समयको घुमघाम पश्चात् थोकर गेस्ट हाउसमा खाना खाएर पुनः ३:१४ बजे खोटाङको हलेसीका लागि प्रस्थान गरी बेलुका लगभग ७:३० तिर हलेसी आइपुगी होटल होली प्लेसमा बास बसियो ।

२०८०/०९/२६

आज बिहानै उठी हलेँसी महादेवको दर्शन पश्चात् ८:३० बजेतिर दिक्तेलतर्फ प्रस्थान गरियो । बिहान १०:०० बजे दिक्तेल आइपुगी लगभग ११:०० बजेतिर दिक्तेल रूपाकोट मझुवागढी न.पा.-१ स्थित श्री पञ्च मा.वि.को अवलोकन गरी झरना होटल एण्ड लजमा खाना खाएपछि अपरान्ह १:४० बजे भोजपुरतर्फ प्रस्थान गरियो । बेलुका ६:३० तिर भोजपुर आइपुगेर भिन्तुना होटल एण्ड लजमा बास बसियो ।

२०८०/०९/२७

आज बिहान ७:२७ बजे हाम्रो बस धनकुटाका लागि प्रस्थान गर्‍यो । बाटोमा गाडीमा तेल सकिएकाे कारण लगभग १ घण्टा जति बाटोमा गाडी रोकिएकाले केही ढिलो गरी १२:०० बजेतिर पाख्रीबास आई पुगियो । लगभग १२:१५ तिर पाख्रीबास न.पा.-४, धनकुटामा अवस्थित श्री जालपा देवी मा.वि. को अवलोकन गरियो र हिलेमा एउटा होटलमा खाना खाए पश्चात्  २:४५ तिर पुन: प्रस्थान गरिय‍ो र ५:४४ बजे धरान आइ पुगियो र तत्पश्चात् आ-आफ्नो घरतर्फ लागियो ।

यसरी "प्रधानाध्यापकहरूको अध्ययन अवलोकन भ्रमण" समापन गरियो जो आफैंमा सफल र सार्थक रह्यो ।

                          ***

No comments:

Post a Comment