कामाख्या माताको दर्शनार्थ गरिएको तीर्थयात्राको विवरण (Daily Diary को रूपमा):
2083.03.19 गते शुक्रबार:
- अपरान्ह 4:18 बजे बिराटनगर घरबाट यात्राका लागि प्रस्थान गरियो ।
- 4:55 बजे बिराटनगर बस स्ट्याण्डबाट काँकडभिट्टातर्फ लागियो; तर बस भीडभाडयुक्त भएको र बाटोको अवस्थासमेत खराब भएको हुँदा बिराटनगरदेखि काँकडभिट्टासम्मको बसको यात्रा त्यति सुखद भने भएन ।
- बेलुका 9:15 बजेतिर मेची पुल तरेर एउटा भ्यानमा लगभग 1 घण्टाको समय लगाएर पश्चिम बङ्गालको न्यू जलपाइगुढी (New Jalpaiguri) रेलवे जङ्क्शन आईपुगेर खाना खाई प्लेटफर्म नं.1 बाट Third AC Economy (3E) class र Train No.15675 को NJP GHY IC EXP नामक रेलबाट भारतीय समयानुसार राति 11:30 बजे हाम्रो 10 जनाको टोली गुवाहाटी (Guwahati)का लागि प्रस्थान गर्यो ।
2083.03.20 गते शनिबार:
- भारतीय समयानुसार भोलिपल्ट 20 गते शनिबार बिहान टिकटमा 8:30 लेखिएको भएपनि 8:20 बजे नै गुवाहाटी रेलवे स्टेसन आइपुगियो । त्यसपछि अटोरिक्सामा चडेर माता कामाख्याको मन्दिर नजिक रहेको एउटा होमस्टे (Shakti Niwash Homestay)मा कोठा लिई बिहान लगभग 9:30 बजेतिर बसोबासको बन्दोबस्त मिलाइयो र सोही दिन असमको गुवाहाटी स्थित ब्रम्हपुत्र नदीको किनारमा रहेको पार्क भ्रमण गर्नुकासाथै अन्य विभिन्न ठाउँहरूको भ्रमण गरियो र बेलुकीपख बालाजी मन्दिरको समेत दर्शन गरियो ।
2083.03.21 गते आइतबार:
- आइतबार बिहान 2:00 बजे उठेर स्नान गरी बिहान 3:00 बजेदेखि कामाख्या माताको दर्शनको लागि 8 घण्टाभन्दा बढी समयसम्म लाइनमा बसेर कामाख्या माताको दर्शन गरी भारतीय समयानुसार अपरान्ह 4:30 बजे गुवाहाटी रेलवे स्टेशनको प्लेटफर्म नं. 2 बाट Vande Bharat Express (Train No. 22228) बाट न्यू जलपाइगुढीका लागि प्रस्थान गरियो र भारतीय समयानुसार अपरान्ह ठीक 9:39 बजे (टिकटमा 10:00 बजे लेखिएको भएता पनि) न्यू जलपाइगुढी आईपुगी Baidhyanath Lodge मा बास बसियो ।
2083.03.22 गते सोमबार:
भोलिपल्ट असार 22 गते बिहान उठेर भारतीय समयानुसार बिहान 5:30 बजेतिर एउटा भ्यानमा चडेर नेपाली समयानुसार 6:48 बजे काँकडभिट्टा आइयो र त्यहाँबाट चियानास्तापछि 7:30 बजेतिर एउटा EV मा चडेर त्यस्तै लगभग 11:30 बजेतिर बिराटनगर घर आइपुगियो। यसरी नै चारदिने यात्रा पूरा गरियो ।
हामी 10 जना सहयात्रीहरू अङ्ग्रेजी वर्णानुक्रमानुसार:
1. A Neupane
2. B Devkota
3. Keshu Kafle
4. N Sapkota
5. Ramhari Devkota
6. RB Thapa
7. S Devkota
8. SD Thapa
9. SK Neupane
10. YK Niraula
***
No comments:
Post a Comment