Wednesday, January 27, 2016

रावणको नखुलेको पाटो

प्रस्तुत लेख ratopati.com मा प्रकाशित सुवास मल्लज्यूद्वारा लिखित लेख हो र त्यहिँबाट साभार गरिएको हो ।
.............................................................

रावणको नखुलेको पाटो

सुवास मल्ल

संसारभर सत्य र असत्यको प्रायः फैसला जित र हारको इतिहासले निर्धारण गरेको पाइन्छ । जित्नेहरूको प्रशंसा गर्दागर्दै मान्छे हार्नेहरूको योगदानको चर्चा गर्ने समय नै पाउँदैनन् । वा, जानिजानी बिर्सिदिन्छन्, बिर्सेको अभिनय गरिदिन्छन् । धेरै अवस्थामा त जित्नेहरूले हार्नेहरूको अस्तित्व नै नामेट पारिदिन्छन् । आफूलाई देवत्वकरण गर्नकै लागि हार्नेहरूलाई दानवीकरण गरिदिन्छन् । पूर्वीय मिथकमा रावण एउटा त्यस्तै पात्र हो, जो हारेको हुनाले उनको योगदानलाई जित्नेहरुले मेटिदिएका छन् ।
हामीले पढेको-सुनेको रामायणमा रावणलाई यसरी वर्णन गरिएको छ, मानौं उनी बुद्धि र विवेकहीन क्रूर शासक थिए । तर पछिल्ला खोज तथा अनुसन्धानलाई आधार मान्ने हो भने रावण बल, बुद्धि र सौर्यशाली राजा थिए भन्ने कुरा मान्न खासै गाह्रो छैन । यसको मतलब रावण असल थिए बरु राम पो बदमास थिए भन्ने मेरो तर्क होइन । मैले त यहाँ केवल रावणको पनि ओझेल पारिएको पाटो थियो भनेर त्यसको पर्दा उतार्न मात्र खोजेको हो ।

रावणको परिवार

रामायणमा रावणलाई लंकाको राजाको रूपमा चित्रण गरिएको छ । राक्षस गणका भयंकर योद्धा सुमालीकी छोरी कैकसी र महान ऋषि विश्वश्रवाको कोखबाट जन्मेकाले रावणमा बौद्धिकता र लडाकुपन दुवै थियो । उनका कुम्भकर्ण नामक अजंगको ज्यान भएको भाइ, राजकाजमा निपूर्ण अभिरावण नामक भाइ, शुपर्णखा नाम गरेकी कुरूप बहिनी र विभिषण नाम गरेका अर्का भाइ थिए । यसबाहेक रावणका खारा र धुशाना नाम गरेका भाइहरू र खुम्बिणी नामकी बहिनी पनि थिइन् ।
रावणको विवाह मन्दोदरीसँग भएको थियो, जसको गर्भबाट मेघनाथको जन्म भयो । इन्द्रलाई समेत परास्त गरेका हुनाले यी पराक्रमी युवराजलाई इन्द्रजित पनि भनिन्थ्यो ।

दश टाउकाको अर्थ

रावणलाई उनको योगदानको बलस्वरुप दशमुखा अर्थात् दशवटा टाउको भएको भनेर पनि चिन्ने गरिन्छ । तर, वास्तवमै उनको दशवटा टाउको नभएको र दशवटा पण्डित बराबरको बौद्धिकता भएकाले उनलाई दशमुखा भनिएको भनेर सम्बोधन गरिएको मान्ने पण्डितहरू पनि छन् । चारवटै वेद र ६ वटै उपनिषद्को ज्ञाता भएकाले उनलाई दश टाउको बराबरको मानेर दशानन (दश र आनन भनेको मुख अर्थात् दशमुख) रुप दिइएको तर्क तिनीहरूको छ । अरु केही व्याख्याता भने उनको असली टाउको बौद्धिकताको प्रतीक भएको र बाँकी नौ टाउकाले उनी सम्पूर्ण नवरस (शृंगार, वीर, करुण, हास्य, रौद्र, भयानक, विभत्स, अद्भुत र शान्त) ले युक्त पूर्ण मान्छे भएको जनाउने पनि बताउने गरेका छन् । माया अवतार जानेका कारण दश टाउको देखाउन सक्षम भएको भन्नेहरूको पनि कुनै कमी भने छैन ।

बौद्धिकता

माथिका प्रसंगबाट रावण बौद्धिक मान्छे हो भन्नेमा त कुनै शंका भएन । बरु उनको बौद्धिकतालाई वर्णन गर्ने थप प्रमाणका रुपमा उनको अध्ययन तथा अनुसन्धानलाई लिन सकिन्छ । रावणलाई आयुर्वेद, ज्योतिर्विद्या र कूटनीति विज्ञको रूपमा रामायणमा स्वीकार गरिएको छ । हिन्दू ज्योतिषविद्याको महत्त्वपूर्ण पुस्तक ‘अरुण संहिता’ र ‘रावण संहिता’का रचनाकार रावण नै थिए । यी दुवै पुस्तकलाई आज पनि ज्योतिष विज्ञानमा महत्त्वका साथ लिने गरिन्छ । उनले शिव भक्तिको पुस्तक ‘शिव ताण्डव स्तोत्र’ पनि रचना गरेका थिए । साथै विणा बजाउने कलामा पनि उनी ज्यादै पारंगत थिए भनेर उल्लेख गरिएको पाइन्छ ।

शिवभक्ति

रावण हिन्दू धर्मका आराध्य देव शिवका भक्तको रुपमा रामायणले चित्रण गरेको छ । तिब्बतस्थित हिमालय क्षेत्रको मानसरोवरमा उनले कडा तपस्या गरेर शिवलाई प्रसन्न बनाएर ‘चन्द्रहाँस’ नामक खड्ग पनि उपहार पाएका थिए । रावण नाम पनि उनलाई शिवबाट नै मिलेको थियो, जसको अर्थ हुन्छ, भयंकर गर्जन । शिवलाई खुसी पार्नका लागि ‘शिव ताण्डव स्तोत्र’ आफैंले रचना गरेबाट पनि उनको विद्वता र शिवभक्ति प्रस्ट हुन्छ । भारतको आन्द्र प्रदेशमा रावणले स्थापना गरेको शिवलिंगको पूजा आज पनि हुने गरेको छ ।

अमरत्व

शिवबाट बरदान पाउनुअघि नै उनले यस्तै तपस्या गरेर ब्रह्माबाट गरुड, नाग, यक्ष, दैत्य, दानव, राक्षस र देवता कसैबाट पनि वध नहुने अमरत्वको वरदान पनि पाएका थिए । तर यो पूर्ण अमरत्व थिएन, बरु आफ्नो प्राण नाइटोमा केन्द्रित गरेर राखेका थिए भनेर वर्णन गर्ने पनि गरिएको छ । नाभीमा जम्मा गरेर राखिएको यही अमृतलाई रामले वाण हानेर नष्ट गरेपछि रावणको मृत्यु भएको रामायणमा उल्लेख छ ।

रावणराज्य

लंका राज्यको निर्माण विश्वकर्माले ऋषि विश्वश्रवाका पुत्र कुवेर (रावणको सौतेनी दाजु) का लागि गरिदिएका थिए । विश्वकर्माले यो राज्यलाई निकै सुन्दर बनाएर कुवेरलाई दिए पनि जनता त्यति सन्तुष्ट थिएनन् । समृद्धिबिनाको सुन्दरताको अर्थ खास रहने कुरा पनि भएन । तपस्याहरूबाट फर्केपछि कुवेर र रावणबीच मनमुटावको अवस्था सिर्जना भयो र विश्वश्रवाले कुवेरलाई राज्य सञ्चालनबाट पछि हटेर लंकाको राजकाज रावणलाई सुम्पन आदेश दिए । यसरी लंकाको राजा भएका रावणले राज्यलाई समृद्ध बनाउन अनेक पहल गरेका थिए । लंकामा सबैभन्दा गरिबहरूको घरमा पनि खानपिउन स्वणपात्र (सुनबाट बनेको भाँडा) को प्रयोग हुन्थ्यो भनेर रामायणमा नै उल्लेख छ । अनेक अन्य राज्यहरूमाथि विजय प्राप्त गर्दै रावणले लंकालाई ठूलो साम्राज्य बनाएका थिए । त्यसपछि लंका राज्यको राजकाज उनले भाइ अभिरावणलाई सुम्पेर आफू सम्पूर्ण साम्राज्यको बादशाह बनेर रहेका थिए ।

सीता अपहरण

मैले यहाँ कुनै नारीलाई अपहरण गरिनुलाई ठीक ठहर्याउन खोजेको होइन, केवल तत्कालीन घटनाक्रमको कम चर्चा गरिएको पाटो मात्र खोतल्ने प्रयास गरेको हुँ । वनबास जीवन बिताइरहेका राम, उनकी पत्नी सीता र भाइ लक्ष्मणसँगको सम्बन्धका कारण नै रावण सबैभन्दा आलोचित भएका थिए । रावणकी बहिनी शुपर्णखा वनबासी जीवन बिताइरहेका रामका भाइ लक्ष्मणबाट निकै प्रभावित भएर एकतर्फी प्रेम गर्न लागिन् । लक्ष्मणले कुरुप शुपर्णखालाई कुनै वास्ता नगरेपछि उनी आफैँले लक्ष्मणको अगाडि गएर प्रेम प्रस्ताव राखिन् । सनकी प्रकृतिका लक्ष्मणले शुपर्णखाको यो साहसलाई घोर गाली बेइज्जती गरेर नाक–कान काटेर पठाइदिए । आफ्नी बहिनीको यो हविगतलाई रावणजस्तो शक्तिशाली बादशाहले हेरेर बस्ने कुरै थिएन । यसकै बदला लिनका लागि रावणले सीतालाई बन्धक बनाएर आफ्नो बहिनीसँग माफी माग्न वा युद्धमा आउन रामलाई चुनौती दिए । यद्यपि, लक्ष्मणसँग बदला लिन उनकी भाउजु सीतालाई अपहरण गर्नु निन्दनीय कार्य नै हो । सीतालाई अपहरण गरेर लगे पनि रावणले उनीमाथि कुनै दुव्र्यवहार गरेनन्, बरु बन्धक सीतालाई राम्रो हेरचाह र खानपानको व्यवस्था गरे । बन्धक अवधिभर सीतालाई हेर्ने जिम्मा महिलालाई मात्र दिइएबाट पनि रावणको नियतमाथि प्रश्न गर्ने ठाउँ थोरै मात्र बाँकी रहन्छ । सायद रावणबाट भन्दा बरु मुक्ति पछि अग्निपरीक्षा गर्ने र पछि गर्भवती अवस्थामा जंगलमा छाड्ने रामले पो सीतालाई बढि पीडा दिएका थिए कि ?

रावणपूजा

रावणलाई देवताकै स्वरुपमा पूजा गर्ने समुदाय पनि छ । भारतको आन्द्र प्रदेश, मध्य प्रदेश, उत्तर प्रदेश, राजस्तान, जोधपुर, गुजरात, कानपुर, कर्नाटक लगायत श्रीलंका, थाइल्यान्ड आदि देशमा रावणका मन्दिर स्थापना भएका छन् । हरेक दशैंको दशमीको दिनमा यहाँ रावणको बलिदानको स्मृति गर्दै पूजा गर्ने गरिन्छ । रावणको कतिपय मन्दिरहरूमा रावणसँगै मन्दोदरी, कुम्भकर्ण र इन्द्रजितको पनि पूजा गर्ने गरिएको पाइन्छ । दक्षिण श्रीलंकामा त आफ्नो ठाउँलाई रावणकालीन राजधानी मानेर रावणको पूजाआज र सम्झना गर्ने रावणपुर नामक ठाउँ नै छ । जहाँ रामलाई राक्षसको रुपमा र विभिषणलाई दुष्ट मान्छेको रुपमा परिभाषित गर्ने गरिन्छ । रामायणमा उल्लेख गरिएजस्तै रावण राक्षेस नै भएका भए यस्तो भक्ति सायदै सम्भव थियो ।

रामायणको असलियत यस्तो थियो कि ?

० राम र रावण दुवै आ–आफ्नो क्षेत्रका महाशक्ति थिए । यो रामायणमा वर्णन गरिएजस्तो सत् र असत्को लडाइँ थिएन, बरु दुई शक्तिशाली अहंकारहरूको टकराब थियो । तर रामसँगको युद्धमा पराजित भएका कारण उनका पक्षधरले रामलाई बढी नै देवत्वकरण र रावणको बढी नै दानवीकरण गरेका हुन् । दुवै प्रकरणमा अनेक अलौकिक कथा जोडेर रामलाई भगवान र रावणलाई दानवका रुपमा परिभाषित गरियो । सायद रावणले युद्ध जितेका भए उनी नै भगवान र राम दानव हुन्थे कि ?

० रावण तत्कालीन अवस्थामा एक शक्तिशाली साम्राज्यका प्रतापी बादशाहका रूपमा स्थापित भइसकेका थिए । उनको राज्य आजको श्रीलंकाका भू–भाग मात्र नभई भारत, मलेसिया, इन्डोनेसिया र बर्मासम्मका क्षेत्र ओगटेको जानकारले लेखेका छन् । भन्नु नपर्ला एउटा साम्राज्य खडा गर्ने दौरानमा रावणले दुश्मनहरूको पनि राम्रै पल्टन कमाइसकेका थिए । तर, जब उनको उमेर ढल्न थाल्यो, उनको साम्राज्यको अनेक दरारहरू आउन थाले र त्यही बेला सीता अपहरणकाण्ड हुन गयो । रावणका दुश्मनहरू उनलाई पराजित गर्ने उचित मौकाको खोजीमा थिए र पराक्रमी धनुर्धर राम र लक्ष्मणलाई भरपुर सहयोग गरे । यो कुरा कसरी पनि पुष्टि हुन्छ भने रावणको मृत्युपछि उनीहरूले रावणको उत्तराधिकारी, उनको भाइ तथा रामको सहयोगी विभिषणलाई सिंगो लंका साम्राज्यको बादशाह नबनाई लंका राज्यको मात्र राजाका रूपमा राज्याभिषेक गराए र एकपछि अर्का गर्दै आफ्ना राज्यहरू फिर्ता लिए ।

० रावणलाई राक्षस गणको भान्जाका रुपमा पछि परिभाषित गरिएको हुन सक्छ । हार्नेहरूलाई ‘गोरु बेचेको’ साइनो लगाएर राक्षस बनाउने र जित्नेहरूलाई त्यही प्रणालीबाट देवता बनाउने हिन्दू सामन्ती परम्पराको निरन्तरतामा उनलाई पछि राक्षस वंशको रूपमा वर्णन गरिएको हुन सक्छ । सन्देह गर्ने ठाउँ कसरी पनि देखिन्छ भने रावणबारे हिन्दू धर्मग्रन्थ सबैले खराब चरित्रको मात्र व्याख्या गरेका छन् । तर, राक्षसको रूपमा उनलाई पुष्टि गर्ने तर्क भने फरक–फरक पाइन्छन् । रामायण र विष्णु पुराणले रावणको मावली वंश नै राक्षस गणको भएकाले उनका दुुष्टता जन्मजात भएको लेखेको छ । तर, उही कोखबाट जन्मेको विभिषण भने कसरी उनीहरूको परिभाषामा देवताजस्तो भए भन्नेबारे वाल्मीकि मौन छन् । उता पद्म पुराण र श्रीमद्भागवत पुराणमा भने रावण र कुम्भकर्ण हिरण्याक्ष र हिरण्यकशिपु नामका असुरहरूको नयाँ अवतारका रूपमा जन्मेको उल्लेख छ, जसरी रामले भगवान विष्णुको अवतारका रूपमा जन्म लिएका थिए ।

० रामायणमा उल्लिखित केही प्रसंगहरूले पनि रावण वर्णन गरिए जस्तो दम्भी र दुष्ट थिएनन् भन्ने पुष्टि गर्दछन् । रामेश्वरम्मा रामले शिवलिंग स्थापना गरी शिवको भक्ति गर्ने कार्य शुरु गर्न लागेका थिए । जसमा उनलाई शिवभक्त विद्वान पण्डितको आवश्यकता परेको थियो । रावणले यो थाहा पाएर रामको त्यो कार्य सफल बनाइदिएका थिए । त्यो भन्दा पनि विशिष्ट उदाहरण अर्को पनि छ । रावण र रामबीच युद्धको चरमोत्कर्ष छुँदै थियो र घाइते लक्ष्मणको मरणासन्न अवस्थामा उपचार भइरहेको थियो । यस्तो बेलामा पनि रावणले आफ्नै दुष्मनको उपचारका लागि आफ्ना नामुद आयुर्वेदाचार्य सुषेणलाई रामकोमा पठाएर मानवियता प्रदर्शन गरेका थिए ।

० रावणलाई सबैभन्दा बढी घाटा आफ्नै भाइ विभिषण र अर्का राजा बलिका भाइ सुग्रिवबाट भएको हो । यी दुईको गठबन्धनले रामलाई रावणका कमजोरीको सुराकी मात्र दिएनन्, बरु रावणका दुश्मनसँगको रामको सम्बन्ध स्थापित गर्न पनि सहयोग गरे । दाजुको सत्ता हत्याउन गरिएको यस्तो कार्यलाई षड्यन्त्र मान्ने कि सत्यका लागि संघर्ष ?

रावणबारे खोज अनुसन्धान

हाल विश्वका विभिन्न कुनामा रावणको असलियतको खोजी तथा अनुसन्धान कार्य पनि सुरु भएको पाइन्छ । श्रीलंका सरकारले त सरकारी तहबाटै यसको सुरुवात गरेको पाइन्छ । रामायण लगायत हिन्दू ग्रन्थमा गरिएको एकपाखे विश्लेषणलाई यिनै अनुसन्धानले चुनौती दिएका छन् । रावणको जीवनगाथा र लंकापुरीको बारेमा आनन्द नीलकांतनले ‘असुर, टेल अफ भ्यांक्युइस्ड, द स्टोली अफ रावण एन्ड हिज पिपुल’ अर्थात् असुर : पराजितहरूको कथा, रावण र उनका जनताहरूको कथा’ नामक एक महाकाव्य नै तयार गरेका छन् । त्यसैगरी आचार्य चतुरसेनले ‘वयम् रक्षामः’ र पण्डित मदन मोहन शर्मा शाहीले पनि तीन भागमा ‘लंकेश्वर’ नामक उपन्यास लेखेको पाइन्छ । भारतमा एकजना दलित अधिकारकर्मी रामास्वामी नायकरले रामायणको विरोधमा तथा रावणको समर्थनमा ‘रावणायण’ नै तयार पारेका छन् । रावणबारे अनुसन्धानहरू भारत र श्रीलंकाका विभिन्न पत्र–पत्रिका तथा वेभसाइटमा पढ्न पाइन्छ ।

(यो लेखकको निजी विचार र विश्लेषण हो, बहसका लागि प्रकाशित गरिएको हो । यसबारे तपाईंका आफ्ना विचार छन् भने सभ्य भाषामा बढीमा हजार शब्दमा लेखी पठाउन सक्नुहुन्छ । सं.)

ratopati.com

महाभारतमा कृष्ण

प्रस्तुत लेख "महाभारतमा कृष्ण" Saturday, 01 September 2012 का दिन नागरिक पत्रिकामा
अभय श्रेष्ठ‍‍‍ले लेख्नु भएको हो र त्यहिँबाट साभार गरिएको हो ।

...............................................................


महाभारतमा कृष्ण

Saturday, 01 September 2012

नागरिक


- by अभय श्रेष्ठ‍‍‍-

यो वर्ष कृष्णाष्टमीताक मेरो गाउँ खासै होहल्लामय भएन। कारण थियो, बत्ती आउने समयमा पनि बारम्बार अघोषित लोडसेडिङ। बिहान ८ देखि १ बजेसम्म बत्ती आउने समयबीच कम्तीमा पाँचपटक बत्ती निभ्थ्यो। नत्र अघिल्ला वर्षहरूमा कृष्णाष्टमी आउनु पाँच दिनअघिदेखि वरपरका पाँच गाउँ हल्लनेगरी भजन, नाचगान हुन्थे। 'हे कृष्ण देऊ हाम्रो सारी, कदमको रूखैलाई भो भारी' भनेर गाउनेमा पुरुष पनि हुन्थे। पुरुष पनि मानौँ कुब्जा, राधा वा गोपिनीजस्तै कृष्णका प्रेमिका बन्न लालायित हुन्थे। 'दानधर्म' खुबै चल्थ्यो। कृष्णाष्टमी मनाउन मानिसहरू उदार मनले चन्दा दिन्थे।

हिन्दु धर्ममा कृष्ण विष्णुका आठौँ अवतार मानिन्छन्। समाजशास्त्रीय आँखाले हेर्ने हो भने सनातन समाजका यी आदर्श पुरुष महत्वाकांक्षालाई निरन्तर पछ्याइरहने अत्यन्त चलाख, बौद्धिक र कूटनीतिक व्यक्ति हुन्। उनको जन्म पाँच हजार वर्षअघि भएको अनुमान छ। त्यतिखेर आर्य जाति उत्तर भारतका नदी किनारतिर फैलिएर त्यहाँका बासिन्दासँग घुलमिल भइसकेको थियो। स-साना गणराज्य थिए। जरासन्ध, कंस, शिशुपाल, द्रुपदलगायत राजा थिए। अहिलेको नयाँ दिल्लीमा सबैभन्दा समृद्ध, शक्तिशाली र व्यवस्थित राज्य हस्तिनापुर थियो। खेती र गाईपालन मुख्य व्यवसाय थिए। युद्धका मुख्य हतियार धनुषवाण र गदा थिए। सवारीका रूपमा रथ र घोडाहरूको उपयोग हुन्थ्यो।
पहिले शौरसेन गणराज्य थियो। त्यहाँका गणपति उग्रसेन थिए। मगधमा गणतन्त्र मासेर जरासन्धले निरंकुश राजतन्त्र लादिरहेका थिए। उनका दुई छोरी अस्ति र प्राप्तिको बिहे उग्रसेनका छोरा कंससँग भयो। निरंकुश राजाका यी दुई छोरीले पतिलाई पनि शौरसेनमा निरंकुश राजतन्त्र चलाउन प्रेरित गरे। फलस्वरूप आफ्नै पितालाई अपदस्थ गरेर कंस निरंकुश राजा भए। अपदस्थ राजा उग्रसेनका भाइ देवक, उनकी छोरी देवकी र ज्वाइँ वसुदेवलाई यो कुरा बिझिरहेको थियो। उनीहरू कंसलाई राज्यच्युत गर्ने गोप्य योजना बनाइरहेका थिए। देवकीलाई पाल्कीमा राखेर वसुदेवकहाँ पुर्‍याउन लाग्दा कंसलाई यो गोप्य सूचना प्राप्त भयो। तत्काल उनले बहिनी-ज्वाइँलाई झ्यालखाना हालिदिए। उनीहरूबाट जन्मेका शिशु मारिदिए।
भाद्र कृष्ण अष्टमीको रात कृष्णको जन्म भयो। चलाखीपूर्वक देवकले कंसका एक प्रहरीलाई मदिरा खुवाएर बेहोस बनाइदिए र वसुदेवले कृष्णलाई यमुना नदी तारेर ब्रजवासी आफ्ना मित्र नन्दकहाँ पुर्‍याए। सट्टामा नन्द र यशोदाले केही दिनअघि मात्र जन्मेकी छोरी वसुदेवलाई दिए। देवकीले छोरी जन्माएको खबर मध्यरातमा कंसकहाँ पुग्यो। जेलको शिलाखण्डमा रहेकी शिशुलाई कंसले मार्न खोज्दा बत्ती निभ्यो। फेरि अर्को बत्ती ल्याउँदा एउटा प्रहरीले शिशुलाई गायब गरिदियो।
अत्यन्त सुन्दर, चलाख, चञ्चल र प्रिय बालसुलभताका कारण कृष्णले यशोदाको मनमात्र जितेनन्, पूरै ब्रजवासीलाई मोहित पारे। शिशु गायब भएपछि कंसलाई आफ्नै राज्यमा विद्रोहीलाई सघाउने नन्द हुन् भन्ने शंका थियो। तर, पर्याप्त प्रमाण थिएन। उनले देवकीपुत्र खोज्न पुतना, शंकटासुर, तृणावर्त, बत्सासुर, बकासुर, धेनुकासुर आदि गुप्तचर पठाए। कृष्ण र गोपालहरूले चलाखीपूर्वक सबैलाई मारिदिए।
कृष्ण सानैदेखि रसिक र चलाख थिए। युवतीलाई मोहित पार्थे। उनका अनगिन्ती पत्नी थिए। जनताले करस्वरूप कंसकहाँ लान लागेको दही, दूध, घिउ, मह खाइदिन्थे। खाइनसकेको नष्ट गरिदिन्थे। साथीहरूको मद्दतमा उनले यमुना किनारमा बस्ने नागजातिका राजा कालियको हत्या गरे जो कंसका हितैषी थिए। नागबस्ती पूरै ध्वस्त गरिदिए। एक दिन उनले बुढा मामा कंसको पनि बध गरे र आफ्ना बाआमालाई जेलमुक्त गराए। यसले उनको ख्याति र प्रभुत्व झनै बढ्यो। यसपछि उनमा अत्यन्त महत्वपूर्ण व्यक्ति बन्ने महत्वाकांक्षा बढ्दै गयो।

भारतको प्रमुख सत्ता हस्तिनापुर अत्यन्त समृद्ध, संगठित र व्यवस्थित थियो। अन्धा भए पनि राजा धृतराष्ट्र अत्यन्त कुशल र उदार शासक थिए। उनले आफ्ना सय छोरा र स्वर्गीय भाइ पाण्डुका पाँचै छोरालाई द्रोणाचार्यबाट शिक्षा दिलाए। पाण्डुका जेठा छोरा युधिष्ठिरलाई उत्तराधिकारी तोके। कडा मिहिनेत र गुरुको कृपाले पाण्डुकै साहिला छोरा अर्जुन धनुर्विद्यामा गुरुपुत्र अश्वत्थामाभन्दा पनि निपुण भए। यो देखेर धृतराष्ट्र अत्यन्त खुसी भए। अर्जुनको नेतृत्वमा कौरव-पाण्डवले कुरु राज्यको संरक्षण गर्नेमा उनी विश्वस्त थिए। काका भीष्मपछाडि अर्जुनलाई नै उनी सेनाधिपति बनाउनेवाला थिए।
जनता सुखी थिए। विज्ञान र कलाको उन्नति हुँदै थियो। राज्यसभामा भीष्म, द्रोणाचार्य, कृपाचार्य र विदूर जस्ता अनुभवी, वीर, बुद्धिमान व्यक्तिहरू थिए। अर्जुन, भीम, दुर्योधन, युधिष्ठिर, दुःशासनजस्ता कर्मठ दोस्रो पुस्ता तयार भइसकेको थियो। यस्तो बेला हस्तिनापुरले प्रभुत्व स्वीकार नगरेसम्म कृष्णको महत्वाकांक्षा पूरा हुँदैनथ्यो।

दुर्योधन वीर थिए। गदा युद्धमा भीमले पनि उनलाई जित्न सक्दैनथे। अर्जुन धनुर्विद्यामा सर्वश्रेष्ठ ठहरिए। पिता धृतराष्ट्रदेखि राज्यसभाका सबैले सदैव अर्जुन र पाण्डवहरूकै प्रशंसा गर्थे। यसले दुर्योधनको ईर्ष्या चुलियो। एक दिन राज्य सभा र सारा जनतासामु अर्जुनले अनुपम धनुर्विद्या प्रदर्शन गरे। उनलाई संसारकै सर्वश्रेष्ठ धनुर्धारी घोषणा गरियो। त्यसै सभामा कर्णले अर्जुनलाई चुनौती दिए। विचरा कर्ण 'दलित' भएकैले अर्जुनसँग प्रतिस्पर्धा गर्न योग्य मानिएनन्। वीरतालाई सम्मान गर्दै दुर्योधनले कर्णलाई अंगदेशको राजा बनाए। कृष्ण कुरुक्षेत्रका राजकुमारहरूबीचको यो द्वन्द्व नियालिरहेका थिए। यही मौका छोपेर उनी कूटनीतिका सोह्र कला प्रदर्शन गर्दै हस्तिनापुर छिरे।

जनता अत्यन्त 'धार्मिक' थिए। बाहुन र सन्यासी देवताजस्तै पुजिन्थे। रनिवासमा समेत उनीहरूले बिनारोकतोक प्रवेश पाउँथे। जनता र राजाबीच उनीहरू नै माध्यमको भूमिका खेल्थे। तिनका हरेक कुरा अन्धश्रद्धाका कारण जनता सत्य ठान्थे। कृष्णले त्यतिखेर पुरोहितका नेता वेदव्यास र सन्यासीका नेता नारदको सहारा लिए। आफ्नो हत्या गर्न आउने पुतनालाई दूध चुसेरै मारिदिएको, यमुना किनारबासी नाग जातिका राजा कालियको वध, नागबस्ती ध्वंश, शिशुपाल बध, कंस वध, गोवर्द्धन पर्वतलाई औँलाले उठाएको, कुप्री बुढी कुब्जालाई मस्त तरुनी बनाइदिएका जस्ता चामत्कारिक खबर वेदव्यास र नारदको मुखबाट फैलाएर कृष्णले भारतवर्षमा आफूलाई ईश्वरका अवतार कहलाउन सफल भए। सत्य जाँच्ने कुनै माध्यम थिएन। ब्राह्मण र सन्यासीका कुरामा शंका गर्नु पाप ठानिन्थ्यो।
धर्मका नाममा उनले पाण्डवहरूमा कौरवविरोधी भावना फैलाए। ब्राह्मणमार्फत सबै गणराज्यमा कौरवप्रति घृणा र पाण्डवप्रति सहानुभूति बटुले। पहिला उनले फुपु कुन्तीलाई हात लिए। त्यसपछि अर्जुनलाई। दुर्योधनलाई यसको आभास भइसकेको थियो। परन्तु, आफूलाई सधैँ मूर्ख भनेर दुत्कार्ने राज्यसभा सदस्यसामु उनले यो कुरा राख्न सकेनन्। राखे पनि कसैले पत्याउने थिएनन्। यस्तो स्थितिमा उनले पाण्डवलाई नसिध्याए आफ्नो सत्ता नबच्ने ठाने। कृष्णले चाहेको आखिर यही थियो।
दुर्योधनले पाण्डवहरूलाई अत्यन्त विष्फोटक पदार्थहरूले बनेको घरमा जलाएर मार्ने योजना बनाए। विदूरबाट यो सुइँको पाएपछि पाण्डवहरूले एक मंगोल महिला र उनका पाँच छोरालाई राखेर लाहाको घर आफैँले जलाइदिए अनि सुरुङको बाटो भागे। कौरवले ती महिला र पाँच छोराछोरीको लास देखेर पाण्डव र कुन्ती मारिएको ठाने। जंगलमा उनीहरूले अनेक दुःख भोग्नुपर्‍यो। कति अवस्थामा उनीहरू दुर्योधनसँग सम्झौता गर्ने मनस्थितिमा पुग्थे। कृष्ण बारम्बार धैर्यको पाठ पढाउँथे।
द्रौपदीसित बिहेपछि पाण्डवहरूको शक्ति बढ्यो। कृष्णले युद्ध हुने धम्की दिएपछि दुर्योधनले परिस्थिति आकलन गरेर पाण्डवलाई इन्द्रप्रस्थ राज्य दिए । उनीहरूलाई बस्न त्यति बेलाको सबैभन्दा आधुनिक कलाद्वारा निर्मित महल बनाइदिए। यस्तो महल दुर्योधनकै पनि थिएन। एक दिन उनी पाण्डवको महल भ्रमण गर्न गए। महलको वास्तुकला अनुपम थियो। पानीजस्तो देखिने ठाउँमा जमिन र जमिनजस्तो देखिने ठाउँमा पानी थियो। दुर्योधन जमिन भन्ठानेर गएको ठाउँमा पानी थियो। त्यहाँ उनी डुबे। यो देखेर द्रौपदीले 'अन्धाको छोरा पनि अन्धै रहेछ' भनेर अट्टहास गरिन्। सुनेर पाण्डवहरू हाँसिरहे। दुर्योधनले बदला लिने प्रण गरे। कृष्णको कूटनीति अर्कोपल्ट फेरि सफल भयो।

मामा शःकुनीको सहयोगले जुवा खेलेर दुर्योधनले युधिष्ठिरको राज्य, भाइहरू, द्रौपदी सबैलाई जितिदिए। धृतराष्ट्रले अत्यन्त उदार मन गरेर सबैलाई मुक्तमात्र गरिदिएनन्, फेरि राज्य फिर्ता दिए। फेरि पनि युधिष्ठिरले जुवामा सबै हारे। भाइहरू र द्रौपदीसहित वनबास गए। अत्यन्त कष्टकर वनबास सकिए पनि जितेको राज्य दुर्योधनले छाडेनन्। कृष्णको प्रेरणामा पाण्डवहरूले युद्ध घोषणा गरे। दुवैतर्फबाट युद्ध तयारी भयो। कौरव पक्ष अत्यन्त सुदृढ थियो। भीष्म, द्रोण, कर्ण, अश्वत्थामा, कृपाचार्यजस्ता महारथी उनीहरूसँग थिए। नकुल-सहदेवका आफ्नै मामा शल्य कौरवपट्टि लागेका थिए।
पाण्डव सेनाका सञ्चालक अर्जुनमात्र थिए। उनी आफ्नो कमजोर स्थितिप्रति पूरै सचेत थिए। उनको मनमा नानाथरीको कुरा खेल्न थाले। ठूला बा, उनका छोरा, द्रोणको माया, बाल्यकालको आपसी स्नेह सम्झँदा अर्जुनलाई युद्ध बेकार लाग्यो। भीष्म, द्रोण, कर्णजस्ता महारथीलाई धर्मयुद्धको नियमअनुसार मार्न सकिन्न भन्ने उनलाई थाहा थियो। यी जिउँदा रहुन्जेल युद्ध जित्न सकिन्नथ्यो। कसैगरी यिनीहरू मारिए हस्तिनापुरको सुदृढता भंग हुन्थ्यो। युधिष्ठिरको मूर्खतालाई न्यायोचित साबित गर्न थुप्रै निर्दोष व्यक्ति मारिन्थे।
दुर्योधनलाई द्रौपदीले अपमान गर्नु पितातुल्य धृतराष्ट्रको पनि अपमान थियो। त्यसका लागि पाण्डवहरूले माफी नमाग्नु अर्को गल्ती थियो। त्यसमाथि युधिष्ठिरले जुवा खेलेर राज्य, भाइहरू, आफू स्वयं र द्रौपदीलाई समेत हार्नु महाभूल थियो। त्यस्तोमा पनि कसैलाई ‰यालखाना नराखी त्यसै छाडिदिनु दुर्योधनको ठूलै उदारता थियो। युद्धमा वीरजति सबै मारिएपछि देशको सुरक्षा के होला? यस्तै सोचेर अर्जुनले धनुषवाण भुइँमा राखे र युद्ध नगर्ने घोषणा गरे।
कृष्ण यसका लागि पहिल्यैदेखि तम्तयार थिए। मनोविज्ञानको सहारा लिएर अर्जुनलाई कृष्णले पूरै बदलिदिए। जिते हस्तिनापुर र हारे स्वर्गको सपना देखाए। कहिले उच्च, कहिले नरम स्वरमा बोलेर उनले अनेक ब्रह्माण्डको काल्पनिक नक्सा बनाए र बिगारे। कृष्णको कुराले लएिका अर्जुनले कर्ण, भीष्म, जयद्रथ, द्रोण, दुर्योधन मरेको देखे। अर्जुनलाई कृष्ण नै सर्वसत्ताधारी ईश्वर हुन्, यो जगत् उनकै लीला हो, कुनै पनि कुरा टारेर टर्दैन भन्ने भान पारिदिए। द्रौपदीले दुर्योधनको अपमान गर्नु, युधिष्ठिरले जुवा खेल्नु सबै पूर्वनिश्चित थियो, अहिलेसम्म जे भयो, जे हुनेवाला छ, सबै कृष्णकै इच्छामा भर पर्छ भन्ने भ्रम दिन उनी सफल भए। यसरी अर्जुन युद्धका लागि तयार भए।

कृष्णले भीष्म, विदूरलगायतलाई पनि आफू परमेश्वर भएको भान पारिसकेका थिए। उनी पाण्डवसँग भएपछि यो युद्ध जित्न असम्भव छ भन्ने बारम्बार भीष्म दुर्योधनलाई प्रत्यक्ष-अप्रत्यक्ष सुनाइरहन्थे। दुर्योधनले कौरव सेनापति बन्न आग्रह गर्दा सुरुमै भीष्मले तीन सर्त राखे, १) म सेनापति रहुन्जेल 'सूतपुत्र' कर्णले युद्ध गर्न पाउँदैन २) म कुन्तिपुत्रहरूलाई बध गर्दिनँ ३) शिखण्डीविरुद्ध कुनै अस्त्र चलाउँदिनँ।
सेनापतिले यसरी लडाइँ सुरु नहुँदै कौरव सेनाको पराजयको उद्घाटन गरिसकेका थिए। कर्णजस्ता महावीरले युद्धमा भाग लिन नपाउँदा कौरव पक्ष कमजोर हुने पक्का थियो। नभन्दै दसौँ दिनसम्म कौरव सेनाको तुलनामा पाण्डव सेना बलियो भइसकेको थियो। भीम, अर्जुनजस्ता महायोद्धाको अन्त्य नहुन्जेल कौरवको जित असम्भव थियो।
कृष्ण पाण्डव पक्षबाट सेनानीका रूपमा नलडी अर्जुनका सारथी हुनुमा विशेष कारण थियो। सेनानीजस्तै लड्न गएका भए उनी अर्जुनसँग हुने थिएनन् र भावनामा बगिरहने अर्जुनले विचार बदल्ने खतरा थियो।
आठौँ दिनसम्म कौरव सेनामा निकै क्षति भएपछि दुर्योधनले कर्णलाई युद्ध गर्ने अनुमित दिन दबाब दिए। नभए सेनापतिबाट भीष्मलाई बर्खास्त गर्ने चेतावनी दिए। बल्ल भीष्मले पाण्डव सेना ध्वस्त पारिदिने वचन दिए। नभन्दै भोलिपल्ट उनीसामु पाण्डव सेना डँडेलोमा परेको पत्करजस्तै भए। यो देखेर युधिष्ठिर आतंकित भए। कृष्णको सल्लाहअनुसार साँझ युद्धविरामपछि उनले भीष्मलाई भेटे। शिखण्डी लड्न आए हतियार त्याग्ने गोप्य भेद भीष्मबाट खुस्काए। युद्धको दसौँ दिन शिखण्डीलाई अगाडि राखेर अर्जुनले भीष्मलाई वाणैवाणको शैयामा सुताइदिए।
युद्ध सुरु हुनै लाग्दा कृष्णले कर्णलाई 'तिमी कुन्तीपुत्र हौ, त्यसैले पाण्डव पक्षमा लाग' भनेका थिए। यही रहस्य कुन्तीले कर्णलाई सुनाइसकेकी थिइन्। दुवैलाई कर्णलेे दुर्योधनको उपकारप्रति बेइमानी गर्न नसक्ने बताएका थिए। हो, उनले आफूलाई मर्ममै प्रहार गर्ने अर्जुनबाहेक चार दाजुभाइलाई नमार्ने वचन दिएका थिए। धृतराष्ट्रको पहिलो पुत्र युयुत्सु वैश्य दासी युवतीबाट जन्मेका थिए। यही कारण उनको युवराज हुने हक खोसिएको थियो। कृष्णको इशारामा कुन्ती र पाण्डव उनलाई उचालिरहेका थिए। युद्ध सुरु हुनै लाग्दा आफूलाई इच्छा लागेको समूहमा जान सबैलाई स्वतन्त्रता भएको उद्घोष गरियो। युयुत्सु कौरव सेना छाडी पाण्डव पक्षमा आए।
नकुल-सहदेवका मामा शल्यले कौरवलाई सघाउने थाहा पाएपछि कृष्णले कुन्तीलाई उचाले। कुन्तीले शल्यलाई खै गरिन्। शल्यले भने, 'धन्ना नमान्नुस्, मौका मिल्नासाथ म कौरव सेनालाई कमजोर पारिदिन्छु।' नभन्दै उनले 'अर्जुनसामु तिमी केही छैनौ' भनेर बारम्बार कर्णको मनोबल गिराइरहे।

चक्रब्यूहमा पारी अर्जुनका छोरा अभिमन्युलाई महावीरहरू मिलेर युद्ध आचारसंहिताविरुद्ध मारेका थिए। अभिमन्यु हत्यामा धृतराष्ट्रका ज्वाइँ जयद्रथको दुष्टता अर्जुनले थाहा पाए। उनले भोलि सूर्य रहुन्जेल जयद्रथको हत्या गर्न नसके आफैँ चितामा जलेर मर्ने उद्घोष गरे। जयद्रथले भाग्न खोजे। द्रोणले अर्जुनलाई जयद्रथसम्म आइपुग्नै नदिने आश्वासन दिए। नभन्दै द्रोणको चक्रब्यूह तोडेर जयद्रथसम्म पुग्न अर्जुन सफल भएनन्। घाम डुब्यो। चिता बन्यो। वाण छाडेर अर्जुन चिता चढ्न तयार भए। कृष्णले सम्झाए, क्षत्रीय वीरले चितामा पनि धनुर्वाण छाड्नु हुँदैन। वाण लिएर अर्जुन चिता चढ्न तयार भए। दुर्योधनका मामा शःकुनीले जयद्रथलाई भने, शत्रु चितामा जलेर खरानी भएको हेरेर आत्मा शान्त पार। जयद्रथ टुप्लुक्किए। त्यही मौकामा कृष्णको इशारा पाएर अर्जुनले वाण प्रहार गरी जयद्रथको टाउको उडाइदिए। महाभारत कथाअनुसार भने अर्जुन मर्ने भए भनेर कृष्णले लीला गरे। सूर्य अस्ताउन एक घडी बाँकी हुँदै उनले सुदर्शन चक्रले सूर्यलाई छेकिदिए र अन्धकार पारिदिए। अर्जुनले जयद्रथको हत्या गर्नेबित्तिकै चक्र हटाइदिए। झलमल्ल घाम लाग्यो।
भोलिपल्ट पन्ध्रौँ दिनको युद्धमा द्रोणले पाण्डव सेनालाई सोत्तर पारिदिए। द्रुपद, विराटलगायत वीर राजालाई मारिदिए। कृष्णले सुझाए, 'अश्वत्थामाको हत्या नगरी आचार्यलाई शान्त गर्न सकिन्न।' भीमले कृष्णको आशय बुझेर दशार्थ देशका अश्वत्थामा नामक हात्तीलाई मारिदिए र द्रोणले सुन्ने गरी भने, 'तपाईँ बेकारमा किन चम्किनुहुन्छ गुरुदेव? भर्खरै मैले तपाईँको छोरा अश्वत्थामालाई मारिसकेँ।' द्रोणले पत्याएनन्। 'युधिष्ठिरले भनेमात्र पत्याउँछु', उनले भने। कृष्णको दबाबमा द्रोणका त्यति ठूला विश्वासपात्र युधिष्ठिरले अर्धसत्य बोले, 'मान्छे हो वा हात्ती, अश्वत्थामा मारिए।' 'मान्छे हो वा हात्ती' भन्ने वाक्यांश बोल्दा कृष्णले बेसरी शंख बजाए, भीमले ठूलो स्वरमा हल्ला गरे। द्रोणले 'अश्वत्थामा मारिए' भन्ने वाक्यमात्र सुने। उनी हतियार त्यागेर तुरुन्त योगासनमा बसे। धृष्टद्युम्नले द्रोणको शिर काटिदिए।
धनुर्विद्यामा कर्ण अर्जुनभन्दा कम थिएनन्। अत्यन्त वीरतासाथ लड्दालड्दै कर्णको रथको पांग्रा हिलामा भासियो। हतियारविहीन उनी पांग्रा उचाल्न गए। यस्तो बेला विपक्षमाथि प्रहार गर्नु युद्ध आचारसंहिताविरुद्ध थियो। कृष्णको आदेश पाएर यही मौकामा अर्जुनले वाण हानेर कर्णको बध गरे।
युद्धको अन्त्यमा कौरव पक्षका कृतवर्मा, अश्वत्थामा, कृपाचार्य र दुर्योधनमात्र बाँकी रहे। दुर्योधन भागेर द्वैपायन ह्रद नामक तलाउमा लुकेर बसे। युधिष्ठिरले चुनौती दिँदै भने, 'दुर्योधन, तिमीजस्ता वीर यसरी लुक्न सुहाउँदैन, जिते सारा राज्य, मरे स्वर्ग जाने अवसर गुमाएर किन लुक्छौ? हामीमध्ये जोसँग चाहन्छौ, त्यसैसँग लड, आऊ।' सुन्नेबित्तिकै पानीबाट बाहिर निस्केर दुर्योधनले भने, 'मसँग लड्नसक्ने भीम हो। उसैसँग गदा युद्ध गर्छु।' गदा युद्धमा दुर्योधनले भीमलाई आच्छुआच्छु पारे। कृष्णको इशारामा भीमले नियमविपरीत जाँघमा प्रहार गरे। दुर्योधनको कम्मर खन्द्रम्मै भाँचियो। नियमविपरीत प्रहार गरेको भनी कृष्णका दाजु बलराम स्वयं गदा उचालेर भीमलाई मार्न तयार भए। कृष्णले बलरामलाई थुम्थुम्याए। दिक्क हुँदै बलराम तीर्थयात्रामा हिँडे।
कृष्णकै दूरदर्शिता र चलाखीका कारण पाण्डवहरूले असम्भव युद्ध जिते र राज्य पाए। यी सबै 'भगवान् कृष्णको लीला' ठहरियो। उनै 'ईश्वर'का सन्तान ५६ कोटी यदुवंशी आपसमा काटामार गरेर सकिए। एक व्याधाको वाण लागेर स्वयं कृष्णकै दुःखद् निधन भयो। यसलाई पनि 'लीला' भनियो।

केहीअघि महाभारत द्वन्द्वलाई नेपालको आधुनिक राजनीतिसँग जोडेर मैले 'महाभारत' शीर्षक एउटा कथा लेखेको थिएँ। यसमा कृष्णको कूटनीतिक खेलमा परेर नेपालका सभासद्हरू मृतक उम्मेदवार दुर्योधनलाई प्रधानमन्त्री जिताइदिन्छन्। कृष्ण नेपालको राजनीति सबै प्रभुको लीला हो भन्ने भ्रम दिन सफल हुन्छन्। उनी भन्छन्, 'डोन्ट वरी, ईश्वरको कृपाले एक दिन सबै ठीक हुन्छ।'
इच्छाहरूलाई निरन्तर पछ्याइरहने र प्रचारयन्त्र नियन्त्रणमा राख्ने हो भने असम्भव केही नहुने रहेछ।
(संक्षिप्त महाभारत भाग १, २ (गीता प्रेस, भारत), श्रीकृष्ण और गीता (सं- राकेशनाथ, भारत), हिन्दु धर्मका उत्थान औरत पतन (रजनीकान्त शास्त्री, भारत), संक्षिप्त भारत (चक्रपाणि चालिसे, साझा प्रकाशन) मा आधारित)

मेरा हाइकुहरू

हाइकुकारहरू सहज ढंगले कुनै पनि विषय ज्ञानमाथि झड्का हान्ने काम गर्दछन् । छोटो अभिव्यक्तिमा पूर्ण काव्यिक भार पस्कँदै जीवन र जगतका विसंगति हरूमाथि प्रहार गर्न खप्पिस हुन्छन् । तर म भने कुनै हाइकुकार हैन । न त मैले कुनै साहित्यक विधा नै बुझेको छु । तै पनि हाइकु कै शैलीमा केही पंक्तिहरू प्रस्तुत गर्ने जमर्को  गरेको छु । मूल्याङ्कन गर्ने जिम्मा हजुरहरू कै ।

१. सर्वहाराका
    नेता भनाउने नै
    खरबपति ।

२. प्रजातान्त्रिक
    भनाउनेहरू नै
    त्यसका शत्रु ।

३. कसरी बन्छ
    यो पाराले देश त
    कुरा नै मात्रै ।

४. भ्रष्टाचारले
    मुलुक नै डुबेर
    समाप्त भयो ।

५. भ्रष्टलाई त
    कारबाही गर्दा नि
    उल्टै गर्जन ।

६. भूतपूर्वले
     लिंदैछन् धमाधम
    विलासी सुख ।

७. सोझा जनता
    दलहरूका दास
    के भन्न सक्थे ?

८. दासत्वबाट
    मुक्ति नपाएसम्म
    यस्तै नै हुन्छ ।

                - यज्ञकुमार निरौला

Monday, January 25, 2016

From My Daily Diary

From My Daily Diary :

This is my tour detail of more than one month long tour to different parts of India and Nepal from 27th of August to 30th September 2010. I shared it on Facebook as my daily diary at that time in my old Facebook account. After completing the tour, I collected all the daily posts in one place and it is now as my note in this new FB account. 
.........................................

Friends, I'm on my way to pilgrimage. I'm with my parents. We are 38 people in our group. We are travelling by a reserved bus. Yesterday (27th Aug, 2010) we visited Janakpur and stayed there and today we are staying here in Bihar. I've changed my SIM card. Now I'm using an Indian SIM card of AirTell. Tomorrow we are visiting Gaya. We've planned about a month long tour to different parts of Nepal and India. After Gaya, we are visiting different places like Prayag, Varanasi, Vrindaban, Mathura, Haridwar, Rishikesh, Gangotri, Yamunotri, Badrinath, Kedarnath and many more. While returning from India, we've planned to enter the Nepali territory from the Far Western point i.e. Mahakali and visiting different parts of Nepal like Lumbini, Pokhara, Manakamana, Devghat and we may also visit Kathmandu but we haven't made any clear cut decision about visiting Kathmandu yet. Similarly, we may also visit New Delhi and Kurukshetra in India if possible.

Saturday, 28 August 2010 at 13:14
 .............................................

Friends, we started our tour (for our pilgrimage) on 27th of August and stayed in Janakpur that night and the next day we arrived Harihar Kshetr in Bihar and stayed there over night and the next morning we took a holy bath in the Ganges. Now it is about 8:45 Indian time and now we are leaving for Gaya.

28 August at 20:22
.............................................

Today we arrived Gaya at about 2:45 Indian time. Here we are staying in an inn. Tomorrow (30th Aug.) we are leaving for Bodhgaya and staying in Sasram at night.

29 August at 07:50 .............................................

On 30th August, we visited different holy places in Gaya (Bihar) and my parents performed SHRADDHA on the river bank and in the afternoon we left for Bodhgaya and visited Mahabodhi temple. We also saw the spot where, under a tree, Siddhartha Gautam attained enlightenment. Although we had a plan to stay at Sasaram (a place which is about 120 km east of Varanasi) after having DARSHAN of Tara Chandi temple, we didn't stay there. And after having DARSHAN of Tara Chandi we left for Varanasi. When we arrived Varanasi, it was about 8:45 p.m. and we stayed in a lodge. Next morning (on 31st August) in Varanasi, we took a dip into the holy Ganges at Manikarnika Ghat and then we visited the famous Vishwanath temple. We are also staying here tonight.

Tuesday, 31 August 2010 at 08:27 .............................................

On the 1st of September, we got up early in the morning and left for Vindhya Basini temple in Mirzapur, Uttar Pradesh. After that we came to Prayag and had a holy bath on the confluence of the rivers. Today (1st Sept.) we are staying in Allahabad. HAPPY JANMASTAMI !!! JAI SHREE KRISHNA !!!

01 September at 04:57
.............................................

2nd Sept ........ Arrived Agra at about 1:00 p.m. and visited the Taj Mahal (one of the seven wonders of the world), a monument built by Saha Jahan in memory of his beloved queen. Then arrived Vrindaban and stayed here.

02 September at 15:07
 .............................................
****************************
3rd-7th Sept............ Visited different temples in Vrindaban on Sept 3 and the next day (on 4th Sept) arrived Haridwar and stayed there for 3 days. And on 7th Sept, visited Rishikesh and on the same day left for Nainabag in Tihari Garwal via Dehradun and Mussoorie, a hill station.

07 September at 10:07 .............................................

7th-13th Sept ............. We stayed at Nain Bagh for 2 days due to obstacle on the road from both sides caused by landslide. Staying at Nain Bagh was more difficult. No suitable and enough rooms, no more facility, no enough drinking water and so on and so forth and then we moved to Maror (about 3 km away from Nain Bagh) hoping that it will be better for us to stay there and stayed there for 2 days due to landslide. On the 11th of Sept, we reached and stayed at Janaki Chatti and the next morning we went to Yamunotri and on the same day returned from there and left for Kharadi to spent the night there. The next morning (on the 13 of Sept) we left for Gangotri but we were disturbed by landslide everywhere. We are still not sure where we are going to stay tonight.

Sunday, 12 September 2010 at 23:47
.............................................

On the 13th and the 14th of Sept, we had to stay at Brahmakhal and wait for the road to be cleared and on the 15th of Sept we arrived Uttar Kanshi and stayed in a lodge.

15 September at 09:25 .............................................

Got up early in the morning on the 16th of Sept and visited Gangotri and then again returned Uttar Kanshi to spend the night there. Tomorrow we are leaving for Kedarnath Dham.

16 September at 09:30 .............................................

Today (17th Sept) we had a plan to reach Gauri Kund but we couldn't do so because of the obstacles caused by landslide at many places along the road. And thus we had to stay at a small village lying between Uttar Kanshi and Gauri Kund.

17 September at 10:58 .............................................

18th Sept became to be the most boring day for us-continuous rain, landslide at many places, more than 200 vehicles in a queue. Thus we could proceed only a few kms (about 21 kms) forward from morning to evening today.

18 September at 07:10 .............................................

We had to stay at Dugadda for 3 days (on 18, 19 and 20th of Sept) and wait for the weather to be cleared. We may leave Dugadda tomorrow (21st of Sept) if weather sides with us.

20 September at 07:23 .............................................
****************************
The weather being clear, we left Dugadda on 21st of Sept at 9:45 a.m. and arrived at Sitapuri towards the evening and stayed there. The next morning, most of us went to Kedarnath Dham on foot (about 19 km walk from Sitapuri and 14 km from Gauri Kund). Some elderly people in our group hired horses or ponies to reach there. Some other types of means of transport locally known as Dandi Sawari and Kandi Sawari are also seen being used in this hilly region. We stayed in Kedarnath Dham that night. The next day (23rd Sept) we left Kedarnath Dham and arrived Nagrasu in Rudra Prayag towards the evening and stayed in a lodge. We'll have reached Badrinath Dham by tommorrow evening.

Thursday, 23 September 2010 at 09:43
.............................................

24th-28th Sept .............. Got to Badrinath Dham on 24th of Sept and the next morning my parents performed religious ritual known as BRAHMA KAPALI SHRADDHA. After that having DARSHAN of Badrinath temple we reached Bajpur in Chamoli district to stay there over the night and the next morning we left for Kotwali in Bijnor district (UP). We had our meal there and again went a few km away (towards the eastern direction) and spent the night there. On the 27th of Sept every face seemed to shine with joy and happiness in the sense that we were going to enter Nepal soon. Yes friends, today (28th Sept) we've just entered Nepal from Krishnanagar check post in Kapilvastu (Although we had previously planned to enter the Nepali territory from the Far Western point i.e. Mahakali, we didn't do so). We are so happy to be here in Nepal after a month long tour to different parts of India. Actually it was our pilgrimage. We also intend to visit some important places in Nepal.

Tuesday, 28 September 2010 at 09:54
.............................................

29th Sept .......... It was only in the evening that we left Krishnanagar (Kapilvastu, Nepal) because we had to stay there for a long time due to some legal provisions on the custom check post (because our route permit had expired 2 days earlier). After leaving Krishnanagar at about 7:30 p.m. we reached Rupandehi at about 11:15 p.m. and spent the night there.

Wednesday at 10:44 .............................................

30th Sept .......... Friends, it's the end of our tour. Today we visited the birth place of Lord Buddha in Lumbini in the morning and in the afternoon we reached Devghat and finally we came to Manakamana temple. We especially enjoyed going on the cable car. It's now 10:00 p.m. We are going home by bus. We'll have reached home by tomorrow morning.

Thursday at 09:03 .............................................

Friends, we've completed our tour to different parts of India and Nepal. It took us more than a month. We are so happy. The followings are the places we visited: Janakpur, Lumbini, Manakamana temple and Devghat in Nepal, Hariharnath Kshetra, Punapuna, Gaya, Bodh Gaya and Sasaram in Bihar, Vindhya Basini temple (in Mirzapur, Uttar Pradesh), Prayag (Allahabad), Varanasi, Agra, Mathura, Vrindaban and Gokul in UP and Haridwar, Rishikesh, Yamunotri, Gangotri, Kedarnath and Badrinath in UttaraKhanda (UK). Besides these, we visited other several places.

- by Yagya Kumar Niraula

............... THE END ...............