Tuesday, January 24, 2023

श्री सुनवर्षी मा.वि. अक्षरारम्भ कार्यक्रम संक्षिप्त निर्देशिका २०७९

 श्री सुनवर्षी मा.वि. अक्षरारम्भ कार्यक्रमका लागि                        संक्षिप्त निर्देशिका

बालबालिकालाई अक्षरारम्भ गराउँदा संस्कृतका आदिकवि वाल्मीकिको पहिलो श्लोक
"मा निषाद ! प्रतिष्ठात्वमगम: शाश्वती: समा: । यत्क्रौञ्चमिथुनादेकमवधी: काममोहितम् ।।"                    लाई शुद्धसँग भन्न सिकाएर अक्षर चिनाउने परम्परा छ ।

मैथुनरत क्रौञ्च दम्पती (कर्‍याङ्कुरुङ्को जोडी) मध्ये एउटालाई व्याधाले मारेको दृष्यबाट पीडित महर्षि वाल्मीकिका मुखबाट लौकिक संस्कृत पद्यका रुपमा अचानक निस्किएको श्लोकलाई संसारको पहिलो पद्य मानिएको छ भने लौकिक संस्कृत साहित्यमा प्रयुक्त प्रथम छन्दको उपमा पनि अनुष्टुप् छन्दले पाएको छ ।

उक्त श्लोकको अर्थ यस प्रकार रहेको छ:
"हे दुष्ट ब्याधा, तैँले प्रेममा मग्न क्रौंचपक्षी (कर्‍याङ्कुरुङ्)लाई मारिस्। तँलाई अब  कहिल्यै पनि प्रतिष्ठा प्राप्ति हुनेछैन र तैँले पनि वियोग भोग्नु पर्नेछ ।"
             - वाल्मीकि रामायण, बालकाण्ड, २:१५

सरस्वती माताका स्तोत्रहरू समेत शुद्धसँग उच्चारण गर्न सिकाउने ।

सरस्वती नमस्तुभ्यं, वरदे कामरूपिणी । 
विद्यारम्भं करिष्यामि सिद्धिर्भवतु मे सदा ।।

यस श्लोकको अर्थ यस प्रकार रहेको छ:
"वरदान दिने र मनोकामना पूरा गर्ने देवी सरस्वतीलाई नमस्कार छ। हे देवी, म मेरो अध्ययन शुरु गर्छु, कृपया मलाई सधैं सही बुझ्ने क्षमता प्रदान गर्नुहोस्।"

यो बाहेक सरस्वती माताका अन्य श्लोकहरू पनि बालबालिकाहरूलाई शुद्धसँग उच्चारण गर्न सिकाउनु पर्छ ।

                                  ***


No comments:

Post a Comment