Friday, June 19, 2020

शैक्षिक क्षति कम गरौं, शैक्षिक उन्नयनमा जुटौं ।

शैक्षिक क्षति कम गरौं, शैक्षिक उन्नयनमा जुटौं ।

वास्तवमा अहिले आएर कोरोना महामारीको झण्डै तीन महिना पुग्न लाग्दा  सरकारले शिक्षण सिकाइका विभिन्न वैकल्पिक विधिहरू अपनाएर असार १ गतेदेखि शिक्षण कार्य शुरूवात गर्नका लागि भनेको छ । रेडियो, टिभी, इन्टरनेट आदिमध्ये जहाँ जे जस्तो सुविधाको पहुँच छ त्यस्तै विधि अनुरूप दूरशिक्षा, अनलाइन कक्षा आदिको माध्यमबाट पढाउन भनेको छ । त्यसै अनुरूप विभिन्न रेडियो र टिभी च्यानलहरूबाट शिक्षण-सिकाइ कार्य शुरू पनि भइसकेका छन् । कुन विधि कत्तिको प्रभावकारी हुन्छ भन्ने कुरा अलग्गै छलफलको विषय होला । मेरो व्यक्तिगत विचारमा रेडियो र टिभीबाट गरिने अध्ययन-अध्यापन एकतर्फी मात्र हुने भएकोले र विद्यार्थीको आफ्नै शिक्षकसँग प्रत्यक्ष सम्पर्क पनि नहुने भएकाले गर्दा रेडियो र टिभीबाट गरिने अध्ययन-अध्यापनको तुलनामा अनलाइन कक्षा नै बढी उपयुक्त हुन्छ भन्ने लाग्छ जसमा सिंक्रोनस र असिंक्रोनस जुनसुकै मोडको प्रयोग गरेर अध्ययन-अध्यापन गरे पनि विद्यार्थीको अाफ्नै शिक्षकसँग प्रत्यक्ष सम्पर्क हुने भएकाले विद्यार्थी बढी सचेत हुने  र रूचिपूर्वक पढाईमा ध्यान दिने हुन सक्छन् ।

वास्तव मै भन्ने हो भने हामीले 'घरमा आगो लागेपछि कुवा खन्ने' काम गरेका छौं । सिकाइका विभिन्न वैकल्पिक विधिहरू अहिलेको जस्तो महामारीको समयको लागि मात्र नभएर सहज परिस्थितिको लागि समेत उपयुक्त हुन्छ भन्ने मानसिकताको विकास हामीमा हुन नसकेकै हो । हाल कोरोना महामारीको समयमा यी वैकल्पिक विधिहरूको महत्त्व अझ बढेर गएको तथ्य हामी सबै सामु छर्लङ्ग छ । हामीले पहिलेदेखि नै यस तथ्यमाथि ध्यान दिन सकेको भए अहिले अाएर कति सहजतापूर्क अध्ययन-अध्यापन कार्यलाई अघि बढाउन सक्थ्यौं होला र शैक्षिक क्षतिलाई कम गर्न सक्थ्यौं होला ।

अहिले आएर कोरोना महामारीको कारण विद्यालयमा भौतिक  उपस्थिति जनाएर गरिने शिक्षण सिकाइको क्रियाकलाप लगभग शून्य अवस्थामा छ । कहिलेसम्म यो अवस्था रहने हो अनिश्चित नै छ । हाल केही आर्थिक रूपले सम्पन्न खास गरी शहर केन्द्रित विद्यालयहरूले Zoom, Google Meet, Google Classroom जस्ता App हरूको माध्यमबाट Online कक्षाहरू सञ्चालन गरिरहेका छन् । अझ कतिपय विद्यालयले त विभिन्न सामाजिक सञ्जाल (Social Network) हरूको प्रयोग गरेर समेत शिक्षण सिकाइलाई अघि बढाएको देखियो । यो प्रशंसनीय कार्य हो । तर अझै पनि दूरदराजका ग्रामीण इलाकामा रहेका आर्थिक रूपले विपन्न वर्गका विद्यार्थीहरू अध्ययन गर्ने अधिकांश विद्यालय र विद्यार्थीहरू यसबाट वञ्चित नै छन् जहाँ त्यसका लागि आवश्यक पर्ने पूर्वाधार अर्थात् ल्यापटप (Laptop), स्मार्टफोन (Smart Phone) र  इन्टरनेटको पहुँच (Internet Connectivity) र सूचना प्रविधि (Information Technology) को कम्तीमा पनि आधारभूत ज्ञानको अभावका कारण र कतिपय ठाउँमा विद्युत (Electricity) को समेत व्यवस्था नभएको हुनसक्छ जस्ता कारणहरूले गर्दा यो कार्य सम्भव हुन सकेको छैन। तर 'जहाँ इच्छा त्यहाँ उपाय' भने झैं इच्छाशक्ति दरो भएमा यो कार्य असम्भव भने छैन । अहिले Zoom नामक यस्तो शक्तिशाली App आएको छ जसको प्रयोग गरी यसको Paid Version मा ५०० जनासम्म अटाएर र Free Version मा पनि १०० जनासम्म अटाएर एकैपटक शिक्षक-विद्यार्थीबीच दोहोरो अन्तरक्रिया गरी शिक्षण सिकाईलाई अघि बढाउने, Webinar सञ्चालन गर्ने लगायतका क्रियाकलाप सञ्चालन गर्न सकिन्छ  जसका लागि आवश्यक पर्ने सम्पूर्ण सुविधा जस्तै Screen Share, बोलेर र लेखेर दोहोरो अन्तरक्रिया गर्ने लगायतका अन्य थुप्रै सुविधायुक्त उक्त App लाई Google Play Store बाट आफ्नो स्मार्टफोन वा ट्याब (Tab) मा सजिलै नि:शुल्क  पनि Download गर्न सकिन्छ र त्यसै गरी यसलाई आफ्नो ल्यापटपमा समेत डाउनलोड गरी प्रयोग गर्न सकिन्छ । यस बाहेक अन्य थुप्रै App हरू  छन् जसलाई प्रयोगमा ल्याएर त्यस्तै कार्य गर्न सम्भव छ । अब कुरा रह्यो माथि उल्लेख गरिएका पूर्वाधारहरूको व्यवस्था गर्ने र पूर्वाधारका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीको लागि  र सूचना प्रविधिको आधारभूत ज्ञानको तालिमको लागि आवश्यक पर्ने आर्थिक स्रोतसाधन जुटाउने । यसका लागि तीनवटै तहका सरकार र स्वयं सम्वन्धित विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावक, वि.व्य.स., शि.अ.संघ एवं सम्वन्धित सबै पक्षहरूले आ-आफ्नो तर्फबाट गर्नुपर्ने योगदान गरेर अघि बढ्न सम्भव छ । कसले कति र के-के योगदान गर्न सक्छ र  गर्नुपर्छ भन्ने कुरा छुट्टै छलफलको विषय हुन सक्छ । त्यो छलफल पनि गरेरै अघि बढ्नु पर्ने हुन्छ । अत: अब ढिलोचाँडो हामी सबैले यस कार्यतर्फ अग्रसर हुनु नै पर्दछ र हाम्रो जस्तो आर्थिक रूपले विपन्न वर्गका विद्यार्थीहरू अध्ययन गर्ने विद्यालयका विद्यार्थीहरूलाई समेत यो अवसरबाट वञ्चित गर्नु हुँदैन । यो तपाईं हामी सबैको दायित्व हो । यो संसारमा असम्भव भन्ने कुरा कुनै हुँदैन । त्यसर्थ अब  शैक्षिक क्षतिलाई कम गर्ने हो भने यसतर्फ अघि बढ्नुको विकल्प पनि छैन ।

बन्दाबन्दीको यो अवस्थामा शिक्षण सिकाइका विभिन्न उपायहरू मध्ये सबैभन्दा प्रभावकारी उपाय अनलाइन कक्षा हो भन्ने कुरामा विवाद रहेन  । अनलाइन कक्षा चाहे Zoom जस्तो App बाट गरिने सिंक्रोनस (Synchronous) मोडको होस् वा Google Classroom जस्तो App बाट गरिने असिंक्रोनस (Asynchronous) मोडको नै किन नहोस् दुबै मोड प्रभावकारी नै हुन्छन् ।

सिंक्रोनस मोड अन्तर्गत कुनै तोकिएको समयमा शिक्षक र विद्यार्थीहरू इन्टरनेटको माध्यमले Virtually भेला भई दुईतर्फी सञ्चार गर्न सकिने गरी अध्ययन-अध्यापन गर्ने गराउने विधि हो भने असिंक्रोनस मोडबाट अध्ययन-अध्यापन गर्दा शिक्षकले आफ्नो उपयुक्त समयमा कुनै पोर्टलमा अध्ययन सामाग्री राखिदिने र विद्यार्थीले पनि आफ्नो उपयुक्त समयमा अध्ययन गर्ने र दिइएको कार्य गरेर Submit गर्ने प्रक्रिया हो ।

अब कुरा रह्यो रेडियो र टिभीबाट गरिने शिक्षण सिकाई कत्तिको प्रभावकारी हुन्छ भन्ने । कल्पना गरौं त  नर्सरी र केजीमा पढ्ने कलिला दुधमुखे बालबालिकाहरूले कसरी रेडियो र टिभीबाट पढ्लान् जब कि सबै अभिभावकहरू पनि ती नानीहरूलाई घर मै पढाउन सक्ने गरीका शिक्षित र साक्षर पनि त हुनुहुन्न नि । त्यसै गरी कक्षा १, २, ३ का विद्यार्थीहरूले कत्तिको ध्यान देलान् । कक्षा ४ देखि १० सम्मकाहरूले पनि उनीहरूको मनोविज्ञानलाई अध्ययन गर्ने हो भने एकोहोरो प्रणालीका माध्यमबाट गरिने शिक्षणमा खासै ध्यान देलान् जस्तो लाग्दैन । कक्षा ११ र १२ कै विद्यार्थी किन नहुन्, उनीहरू पनि त कुनै परिपक्व दिमागका त हुँदैनन् नै ।उनीहरू पनि टिन एजर ग्रुप कै अवस्थाका विद्यार्थीहरू भएकाले उनीहरूले पनि टिभीमा पढाईभन्दा बरू कुनै सिरियल हेर्नतर्फ नै लाग्लान् । जहाँसम्म विश्विवद्यालय स्तरका परिपक्व विद्यार्थीहरूको सवाल छ, उनीहरूका लागि भने रेडियो र टिभीको पढाइ पक्कै पनि उपयोगी हुन सक्ला । तर हाललाई सबै विद्यालय र विद्यार्थीका सबै परिवार अनलाइन कक्षा सञ्चालन गर्ने कुरामा विविध कारणवश सक्षम भई नसकेको अवस्थामा 'अड्को फड्को तेलको धुप' भने झैं रेडियो र टिभीको पढाइमा जसोतसो सीमित हुन वाध्य हुनु परेको तथ्य हामी सामु छर्लङ्ग नै छ ।

हालमा अनलाइन कक्षाका बारेमा बजारमा सकारात्मक र नकारात्मक दुवै प्रकारका टिप्पणीहरू सुन्न पाइन्छ । यसलाई त्यति अस्वभाविक मान्नु पनि हुँदैन । सबैको पहुँचमा स्रोत साधन र इन्टरनेटको पहुँच नभएको अवस्थामा यो स्वभाविकै पनि हो ।

त्यसैले अबको बाटो भनेको अनलाईन कक्षा  'हुने खाने' का लागि मात्र नभएर 'हुँदा खाने' लागि पनि हुनुपर्छ भन्ने तर्फ मोढिनु पर्दछ जसका लागि तीनवटै तहका सरकारले शिक्षातर्फको लगानी वृद्धि गरेर आवश्यक पूर्वाधारको विकासमा यथाशीघ्र लाग्नु पर्दछ । अनलाइन कक्षा महामारीको समयको लागि मात्र नभएर सहज परिस्थितिको लागि पनि उपयोगी हुनसक्छ भन्ने बुझ्नु पर्दछ । सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति , शि.अ. संध, समुदाय, अभिभावक, शिक्षक
विद्यार्थी लगायत सम्पूर्ण शिक्षाप्रेमीहरूले आ-आफ्नोतर्फबाट गर्नुपर्ने भूमिका निर्वाह गरेर शैक्षिक क्षतिलाई कम गर्दै शिक्षाको उन्नयनमा योगदान गर्नु पर्दछ । अस्तु ।
                    - यज्ञकुमार निरौला
                              शिक्षक
         श्री सुनवर्षी मा.वि., रतुवामाई-५, मोरङ

Saturday, June 6, 2020

अनलाइन कक्षा

अहिले आएर कोरोना महामारीको कारण विद्यालयमा उपस्थिति जनाएर गरिने शिक्षण सिकाइको क्रियाकलाप लगभग शून्य अवस्थामा छ । कहिलेसम्म यो अवस्था रहने हो अनिश्चित नै छ । हाल केही आर्थिक रूपले सम्पन्न विद्यालयहरूले Zoom जस्ता App हरूको माध्यमबाट Online कक्षाहरू सञ्चालन गरिरहेका छन् । अझ कतिपय विद्यालयले त विभिन्न सामाजिक सञ्जाल (Social Network) हरूको प्रयोग गरेर समेत शिक्षण सिकाइलाई अघि बढाएको देखियो । यो प्रशंसनीय कार्य हो । तर अझै पनि दूरदराजका ग्रामीण इलाकामा रहेका आर्थिक रूपले विपन्न वर्गका विद्यार्थीहरू अध्ययन गर्ने अधिकांश विद्यालय र विद्यार्थीहरू यसबाट वञ्चित नै छन् जहाँ त्यसका लागि अावश्यक पर्ने पूर्वाधार अर्थात् ल्यापटप (Laptop), स्मार्टफोन (Smart Phone) र  इन्टरनेटको पहुँच (Internet Connectivity) र सूचना प्रविधि (Information Technology) को कम्तीमा पनि आधारभूत ज्ञानको अभावका कारण र कतिपय ठाउँमा विद्युत (Electricity) को समेत व्यवस्था नभएको हुनसक्छ जस्ता कारणहरूले गर्दा यो कार्य सम्भव हुन सकेको छैन। तर 'जहाँ इच्छा त्यहाँ उपाय' भने झैं इच्छाशक्ति दरो भएमा यो कार्य असम्भव भने छैन । अहिले Zoom नामक यस्तो शक्तिशाली App अाएको छ जसमा ५०० जनासम्म अटाएर एकैपटक दोहोरो अन्तरक्रिया गरी शिक्षण सिकाईलाई अघि बढाउने, Webinar सञ्चालन गर्ने लगायतका क्रियाकलाप सञ्चालन गर्न सकिन्छ  जसका लागि आवश्यक पर्ने सम्पूर्ण सुविधा जस्तै Screen Share, बोलेर र लेखेर दोहोरो अन्तरक्रिया गर्ने लगायतका अन्य थुप्रै सुविधायुक्त उक्त App लाई Google Play Store बाट आफ्नो स्मार्टफोन वा ट्याब (Tab) मा सजिलै नि:शुल्क  Download गर्न सकिन्छ र त्यसै गरी यसलाई अाफ्नो ल्यापटपमा समेत डाउनलोड गरी प्रयोग गर्न सकिन्छ । यस बाहेक अन्य थुप्रै App हरू छन् जसलाई प्रयोगमा ल्याएर त्यस्तै कार्य गर्न सम्भव छ ।
अब कुरा रह्यो माथि उल्लेख गरिएका पूर्वाधारहरूको व्यवस्था गर्ने र पूर्वाधारका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीको लागि  र सूचना प्रविधिको आधारभूत ज्ञानको तालिमको लागि आवश्यक पर्ने आर्थिक स्रोतसाधन जुटाउने । यसका लागि तीनवटै तहका सरकार र स्वयं सम्वन्धित विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावक, वि.व्य.स., शि.अ.संघ एवं सम्वन्धित सबै पक्षहरूले आ-आफ्नो तर्फबाट गर्नुपर्ने योगदान गरेर अघि बढ्न सम्भव छ । कसले कति र के-के योगदान गर्न सक्छ र  गर्नुपर्छ भन्ने कुरा छुट्टै छलफलको विषय हुन सक्छ । त्यो पनि छलफल गरौंला । अत: अब ढिलोचाँडो हामी सबैले यस कार्यतर्फ अग्रसर हुनु नै पर्दछ र हाम्रो जस्तो अार्थिक रूपले विपन्न वर्गका विद्यार्थीहरू अध्ययन गर्ने विद्यालयका विद्यार्थीहरूलाई समेत यो अवसरबाट वञ्चित गर्नु हुँदैन । यो तपाईं हामी सबैको दायित्व हो । यो संसारमा असम्भव भन्ने कुरा कुनै हुँदैन । त्यसर्थ अब यसतर्फ अघ बढौं । अस्तु ।

              - यज्ञकुमार निरौला
          शिक्षक : श्री सुनवर्षी मा.वि.
                 रतुवामाई-५, मोरङ
              

Online Class संचालन गर्न के-के जान्नु पर्दछ?

Online Class सञ्चालन गर्न के-के 
जान्नु पर्दछ भन्ने बुझ्न  तल हेर्नुहोला ।                                                   By: Yagya Kumar Niraula                                                                                                       शिक्षकहरूका लागि आवश्यकीय कुराहरू :  

यो Online Class संचालन गर्न कम्प्युटरका कुन-कुन Program जान्नु पर्दछ भन्ने धेरै साथीहरूको जिज्ञासा रहेको पाएँ । यो हाम्रो सन्दर्भमा एउटा नयाँ विषय नै भएकोले जिज्ञासा हुनु स्वभाविक पनि हो । त्यसैले यहाँ मैले जानेबुझेसम्म संक्षेपमा त्यहि जिज्ञासालाई शान्त पार्ने कोसिस गरेको छु । मैले राखेको कमी वा भन्न छुटाएको कुरा विज्ञजनबाट पूरा हुने अपेक्षा गर्दछु ।

Online Class संचालन गर्न खास गरी शिक्षकहरूले Office Package अन्तरगतका MS PowerPoint, MS Word, MS Excell जस्ता Application Software हरू जान्दा राम्रो ।  हुन त जति धेरै Software हरूको ज्ञान हुन्छ त्यति नै राम्रो हो । त्यसै गरी Google Docs, Google Forms आदिको ज्ञान हुनु अझ राम्रो । अनि अर्को कुरा Online Class सञ्चालन गर्न चाहिने App हरू जस्तै Zoom, Google Meet, Google Classroom र Microsoft Teams आदि जस्ता App हरू चलाउन जान्नु पर्दछ । त्यसै गरी Online Class हरू Internet को माध्यमबाट सञ्चालन गरिने हुँदा Internet, Email आदिको ज्ञान त हुनु नै पर्दछ, हैन र?

माथि उल्लेखित Online Class सञ्चालन गर्न चाहिने App हरूको माध्यमबाट कसरी विद्यार्थीहरूलाई जोड्ने, कसरी Class सञ्चालन गर्ने, कसरी विद्यार्थीहरूका प्रश्न वा जिज्ञासाहरू लिने, उनीहरूलाई कसरी Assignment दिने, कसरी उनीहरूको Assignment चेक गर्ने र कसरी उनीहरूको परीक्षा (Test) लिने जस्ता आधारभूत कुराहरूको ज्ञान त नभई हुँदैन नै ।                                                                 हामीले २०७८ साल भाद्र ९ गतेदेखि श्री सुनवर्षी माध्यमिक विद्यालय, रतुवामाई-५, मोरङमा कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई अनलाइन कक्षा सञ्चालन गरेको तथ्य सर्वविदितै छ ।  हामी Zoom एपको माध्यमबाट अनलाइन कक्षा लिइरहेकै छौं । त्यसर्थ हामीले धेरै कुरा बुझिसकेकै छौं । तर यो संसारमा कोही पनि पूर्ण हुँदैन । हामी सबै सिक्ने क्रम मै छौं । जति सिक्दै गयो ज्ञानको दायरा त्यति नै फराकिलो हुँदै जाने हो । हामीले आफू स्वयंलाई अझ बढी सिकाइ उन्मुख गराउँदै अघि बढ्नु अहिलेको आवश्यकता हो जसले गर्दा हामी आफू स्वयं र हाम्रा विद्यार्थीहरू समेत लाभान्वित हुन सकुन् ।
                                                                                 त्यसै गरी  Zoom App को माध्यमबाट अनलाइन कक्षामा विद्यार्थीहरूले सामेल हुन गर्नैपर्ने कुराहरू :

१. आफ्नो उपकरण ( स्मार्टफोन/ट्याब/ल्यापटप जे छ) मा Zoom App डाउनलोड गर्ने । 

२. विद्यालयबाट उपलब्ध गराइएको अनलाइन कक्षाको समय तालिका र प्रत्येक शिक्षकको Zoom ID र Passcode आफूसँग सुरक्षित राख्ने ।

३. आफ्नो कक्षाको कुन विषय कति बजेदेखि रहेछ हेरेर ठीक सो समयमा आफ्नो उपकरणमा इन्टरनेट अन गरेपछि Zoom App खोलेर  "Join a Meeting" भन्ने  बटनमा click गर्ने र "Meeting ID" लेख्ने फिल्डमा सम्बन्धित शिक्षकको Zoom ID हाल्ने  र त्यस मुन्तिर आफ्नो नाम पनि लेखेर "Join" भन्ने  बटनमा click गर्ने ।

४. त्यसपछि "Meeting Passcode" माग्छ र त्यहाँ सम्बन्धित शिक्षकको  Meeting Passcode हाल्ने र "OK" मा click गर्ने ।

५. अन्तिममा "Join with Video" भन्ने बटनमा click गर्ने ।

६. अब शिक्षकले विद्यार्थीलाई Admit गर्नुहुनेछ ।

७. त्यसपछि आफ्नो उपकरणको तल बायाँपट्टिको कुनामा "Join Audio" भएको option मा Wifi or Cellular Data लाई click गर्ने ।

८. यदि आफ्नो उपकरणको तल बायाँपट्टिको कुनामा आफू 'Mute' भइएको रहेछ भने 'Unmute' गर्ने । अनि मात्र आफ्नो आवाज उता सुनिन्छ ।

९. अब कक्षा शुरू हुन्छ र शिक्षकसँग अन्तरक्रिया गर्न शुरू गर्ने ।

१०. कुनै समस्या आएमा विद्यालयमा सम्पर्क गर्ने ।
.............................
थप जानकारीको लागि :
सम्पर्क सुत्र : ९८४२२५०९७२ 
इमेल : ykniraula@gmail.com                                                                    
                    - यज्ञकुमार निरौला
                ykniraula@gmail.com

Wednesday, June 3, 2020

Sunbarshi Secondary School : A Brief Introduction

Introduction :

Sunbarshi Secondary School is located in ward No. 5 of Ratuwamai municipality in the district of Morang, Province No.1 in the eastern part of Nepal. It was established on 28th of Bhadra, 2032 B.S. (1975 A.D.). Mr. Padam Bahadur Katwal is the founder of this school. Formerly it was named as "Shree Dipendra Primary School". It was its first name. Later, it was changed as "Shree Sunbarshi Primary School". In the field of education, it has come a long way since its establishment in 2032 B.S. (1975 A.D.).

The motive of the school has always been quality education.

During the successful 45 years of operations, it has produced a lot of outstanding students who have been able to gain outstanding achievement in Nepal as well as in foreign countries.

We have proved ourselves to be the best by the results that we have shown in the years of serving the nation.

We are glad to say that each and every student who has passed the SLC/SEE and the Plus Two (now grade 12) examinations from this school till this date feels proud to be called as a product of Sunbarshi Secondary School.

Level-wise Permission and Approval Date of the School :
 
Primary  :
Permission: 2032/033 B.S.
Approval: 2033/034 B.S.

Lower Secondary  :
Permission: 2036/037 B.S.
Approval: 2037/038 B.S.

Secondary  :
Permission: 2047/048 B.S.
Approval: 2052/053 B.S. 


Higher Secondary  :
Permission: 2068 B.S. 
Approval: .........

By:  Yagya Kumar Niraula