Saturday, June 6, 2020

Online Class संचालन गर्न के-के जान्नु पर्दछ?

Online Class सञ्चालन गर्न के-के 
जान्नु पर्दछ भन्ने बुझ्न  तल हेर्नुहोला ।                                                   By: Yagya Kumar Niraula                                                                                                       शिक्षकहरूका लागि आवश्यकीय कुराहरू :  

यो Online Class संचालन गर्न कम्प्युटरका कुन-कुन Program जान्नु पर्दछ भन्ने धेरै साथीहरूको जिज्ञासा रहेको पाएँ । यो हाम्रो सन्दर्भमा एउटा नयाँ विषय नै भएकोले जिज्ञासा हुनु स्वभाविक पनि हो । त्यसैले यहाँ मैले जानेबुझेसम्म संक्षेपमा त्यहि जिज्ञासालाई शान्त पार्ने कोसिस गरेको छु । मैले राखेको कमी वा भन्न छुटाएको कुरा विज्ञजनबाट पूरा हुने अपेक्षा गर्दछु ।

Online Class संचालन गर्न खास गरी शिक्षकहरूले Office Package अन्तरगतका MS PowerPoint, MS Word, MS Excell जस्ता Application Software हरू जान्दा राम्रो ।  हुन त जति धेरै Software हरूको ज्ञान हुन्छ त्यति नै राम्रो हो । त्यसै गरी Google Docs, Google Forms आदिको ज्ञान हुनु अझ राम्रो । अनि अर्को कुरा Online Class सञ्चालन गर्न चाहिने App हरू जस्तै Zoom, Google Meet, Google Classroom र Microsoft Teams आदि जस्ता App हरू चलाउन जान्नु पर्दछ । त्यसै गरी Online Class हरू Internet को माध्यमबाट सञ्चालन गरिने हुँदा Internet, Email आदिको ज्ञान त हुनु नै पर्दछ, हैन र?

माथि उल्लेखित Online Class सञ्चालन गर्न चाहिने App हरूको माध्यमबाट कसरी विद्यार्थीहरूलाई जोड्ने, कसरी Class सञ्चालन गर्ने, कसरी विद्यार्थीहरूका प्रश्न वा जिज्ञासाहरू लिने, उनीहरूलाई कसरी Assignment दिने, कसरी उनीहरूको Assignment चेक गर्ने र कसरी उनीहरूको परीक्षा (Test) लिने जस्ता आधारभूत कुराहरूको ज्ञान त नभई हुँदैन नै ।                                                                 हामीले २०७८ साल भाद्र ९ गतेदेखि श्री सुनवर्षी माध्यमिक विद्यालय, रतुवामाई-५, मोरङमा कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई अनलाइन कक्षा सञ्चालन गरेको तथ्य सर्वविदितै छ ।  हामी Zoom एपको माध्यमबाट अनलाइन कक्षा लिइरहेकै छौं । त्यसर्थ हामीले धेरै कुरा बुझिसकेकै छौं । तर यो संसारमा कोही पनि पूर्ण हुँदैन । हामी सबै सिक्ने क्रम मै छौं । जति सिक्दै गयो ज्ञानको दायरा त्यति नै फराकिलो हुँदै जाने हो । हामीले आफू स्वयंलाई अझ बढी सिकाइ उन्मुख गराउँदै अघि बढ्नु अहिलेको आवश्यकता हो जसले गर्दा हामी आफू स्वयं र हाम्रा विद्यार्थीहरू समेत लाभान्वित हुन सकुन् ।
                                                                                 त्यसै गरी  Zoom App को माध्यमबाट अनलाइन कक्षामा विद्यार्थीहरूले सामेल हुन गर्नैपर्ने कुराहरू :

१. आफ्नो उपकरण ( स्मार्टफोन/ट्याब/ल्यापटप जे छ) मा Zoom App डाउनलोड गर्ने । 

२. विद्यालयबाट उपलब्ध गराइएको अनलाइन कक्षाको समय तालिका र प्रत्येक शिक्षकको Zoom ID र Passcode आफूसँग सुरक्षित राख्ने ।

३. आफ्नो कक्षाको कुन विषय कति बजेदेखि रहेछ हेरेर ठीक सो समयमा आफ्नो उपकरणमा इन्टरनेट अन गरेपछि Zoom App खोलेर  "Join a Meeting" भन्ने  बटनमा click गर्ने र "Meeting ID" लेख्ने फिल्डमा सम्बन्धित शिक्षकको Zoom ID हाल्ने  र त्यस मुन्तिर आफ्नो नाम पनि लेखेर "Join" भन्ने  बटनमा click गर्ने ।

४. त्यसपछि "Meeting Passcode" माग्छ र त्यहाँ सम्बन्धित शिक्षकको  Meeting Passcode हाल्ने र "OK" मा click गर्ने ।

५. अन्तिममा "Join with Video" भन्ने बटनमा click गर्ने ।

६. अब शिक्षकले विद्यार्थीलाई Admit गर्नुहुनेछ ।

७. त्यसपछि आफ्नो उपकरणको तल बायाँपट्टिको कुनामा "Join Audio" भएको option मा Wifi or Cellular Data लाई click गर्ने ।

८. यदि आफ्नो उपकरणको तल बायाँपट्टिको कुनामा आफू 'Mute' भइएको रहेछ भने 'Unmute' गर्ने । अनि मात्र आफ्नो आवाज उता सुनिन्छ ।

९. अब कक्षा शुरू हुन्छ र शिक्षकसँग अन्तरक्रिया गर्न शुरू गर्ने ।

१०. कुनै समस्या आएमा विद्यालयमा सम्पर्क गर्ने ।
.............................
थप जानकारीको लागि :
सम्पर्क सुत्र : ९८४२२५०९७२ 
इमेल : ykniraula@gmail.com                                                                    
                    - यज्ञकुमार निरौला
                ykniraula@gmail.com

2 comments:

  1. Online Class सञ्चालनका विषयमा केही आधारभूत ज्ञान सम्प्रेेषण गर्नु भएकोमा धेरै धेरै धन्यवाद सरलाई ।

    ReplyDelete