अहिले आएर कोरोना महामारीको कारण विद्यालयमा उपस्थिति जनाएर गरिने शिक्षण सिकाइको क्रियाकलाप लगभग शून्य अवस्थामा छ । कहिलेसम्म यो अवस्था रहने हो अनिश्चित नै छ । हाल केही आर्थिक रूपले सम्पन्न विद्यालयहरूले Zoom जस्ता App हरूको माध्यमबाट Online कक्षाहरू सञ्चालन गरिरहेका छन् । अझ कतिपय विद्यालयले त विभिन्न सामाजिक सञ्जाल (Social Network) हरूको प्रयोग गरेर समेत शिक्षण सिकाइलाई अघि बढाएको देखियो । यो प्रशंसनीय कार्य हो । तर अझै पनि दूरदराजका ग्रामीण इलाकामा रहेका आर्थिक रूपले विपन्न वर्गका विद्यार्थीहरू अध्ययन गर्ने अधिकांश विद्यालय र विद्यार्थीहरू यसबाट वञ्चित नै छन् जहाँ त्यसका लागि अावश्यक पर्ने पूर्वाधार अर्थात् ल्यापटप (Laptop), स्मार्टफोन (Smart Phone) र इन्टरनेटको पहुँच (Internet Connectivity) र सूचना प्रविधि (Information Technology) को कम्तीमा पनि आधारभूत ज्ञानको अभावका कारण र कतिपय ठाउँमा विद्युत (Electricity) को समेत व्यवस्था नभएको हुनसक्छ जस्ता कारणहरूले गर्दा यो कार्य सम्भव हुन सकेको छैन। तर 'जहाँ इच्छा त्यहाँ उपाय' भने झैं इच्छाशक्ति दरो भएमा यो कार्य असम्भव भने छैन । अहिले Zoom नामक यस्तो शक्तिशाली App अाएको छ जसमा ५०० जनासम्म अटाएर एकैपटक दोहोरो अन्तरक्रिया गरी शिक्षण सिकाईलाई अघि बढाउने, Webinar सञ्चालन गर्ने लगायतका क्रियाकलाप सञ्चालन गर्न सकिन्छ जसका लागि आवश्यक पर्ने सम्पूर्ण सुविधा जस्तै Screen Share, बोलेर र लेखेर दोहोरो अन्तरक्रिया गर्ने लगायतका अन्य थुप्रै सुविधायुक्त उक्त App लाई Google Play Store बाट आफ्नो स्मार्टफोन वा ट्याब (Tab) मा सजिलै नि:शुल्क Download गर्न सकिन्छ र त्यसै गरी यसलाई अाफ्नो ल्यापटपमा समेत डाउनलोड गरी प्रयोग गर्न सकिन्छ । यस बाहेक अन्य थुप्रै App हरू छन् जसलाई प्रयोगमा ल्याएर त्यस्तै कार्य गर्न सम्भव छ ।
अब कुरा रह्यो माथि उल्लेख गरिएका पूर्वाधारहरूको व्यवस्था गर्ने र पूर्वाधारका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीको लागि र सूचना प्रविधिको आधारभूत ज्ञानको तालिमको लागि आवश्यक पर्ने आर्थिक स्रोतसाधन जुटाउने । यसका लागि तीनवटै तहका सरकार र स्वयं सम्वन्धित विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावक, वि.व्य.स., शि.अ.संघ एवं सम्वन्धित सबै पक्षहरूले आ-आफ्नो तर्फबाट गर्नुपर्ने योगदान गरेर अघि बढ्न सम्भव छ । कसले कति र के-के योगदान गर्न सक्छ र गर्नुपर्छ भन्ने कुरा छुट्टै छलफलको विषय हुन सक्छ । त्यो पनि छलफल गरौंला । अत: अब ढिलोचाँडो हामी सबैले यस कार्यतर्फ अग्रसर हुनु नै पर्दछ र हाम्रो जस्तो अार्थिक रूपले विपन्न वर्गका विद्यार्थीहरू अध्ययन गर्ने विद्यालयका विद्यार्थीहरूलाई समेत यो अवसरबाट वञ्चित गर्नु हुँदैन । यो तपाईं हामी सबैको दायित्व हो । यो संसारमा असम्भव भन्ने कुरा कुनै हुँदैन । त्यसर्थ अब यसतर्फ अघ बढौं । अस्तु ।
- यज्ञकुमार निरौला
शिक्षक : श्री सुनवर्षी मा.वि.
रतुवामाई-५, मोरङ

No comments:
Post a Comment