Tuesday, April 16, 2024

भर्ना खुल्य‍ो ! भर्ना खुल्य‍ो ! भर्ना खुल्य‍ो !

             विद्ययाSमृतमश्नुते

"सबै बालबालिकाको विद्यालयमा सहभागिता                        गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता"

नववर्ष २०८१ को हार्दिक शुभकामनासहित सम्पूर्ण विद्यार्थीहरू र अभिभावक महानुभावहरूलाई श्री सुनवर्षी माध्यमिक विद्यालय, रतुवामाई-५, मोरङमा शैक्षिक सत्र २०८१ का लागि नर्सरीदेखि कक्षा ९ सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ । विद्यार्थीहरूले  समय मै भर्ना लिनुभई आफ्नो उज्ज्वल भविष्यको सुनिश्चितता गर्नुहोस् । साथै SEE को परीक्षाफल प्रकाशित हुनासाथ शिक्षा र व्यवस्थापनका विषयहरू पठनपाठन हुने गरी कक्षा ११ मा समेत नयाँ भर्ना खुल्ने जानकारी गराइन्छ । 

हाम्रा प्रतिवद्धताहरू:

- शिक्षण सिकाई क्रियाकलापमा प्रभावकारिता ल्याउने प्रयासलाई जारी राख्दै अझ बढी प्रभावकारिता ल्याउन प्रयासरत रहने ।

- शैक्षिक सत्र २०८१ देखि नर्सरीदेखि कक्षा २ सम्म पूर्ण रूपले अङ्ग्रेजी माध्यमबाट पठनपाठन गरिने र हरेक वर्ष एउटा कक्षाका दरले माथिल्ला कक्षाहरूमा अङ्ग्रेजी माध्यमका कक्षाहरू विस्तार गर्दै क्रमशः कक्षा १० र ११/१२ सम्म पनि विस्तार गर्दै जाने ।

- शैक्षिक सत्र २०८१ देखि नै विद्यार्थीहरूको उमेर, स्तर, रुचि र चाहनालाई ख्याल गरी कक्षा ३,४ र ५ मा थप अङ्ग्रेजी (Additional English) का कक्षाहरू समेत सञ्चालनमा ल्याइने ।

- नियमित पठनपाठन र किताबी ज्ञानका अतिरिक्त विद्यार्थीहरूको चौतर्फी विकासका लागि विद्यालयले खेलकुद, संगीत एवं विभिन्न अतिरिक्त क्रियाकलापहरूतर्फ विद्यार्थीहरूलाई दिँदै आएको ज्ञानलाई निरन्तरता दिने ।

- हाम्रा विद्यार्थीहरूले विभिन्न समयमा नगर, जिल्ला हुँदै प्रदेशसम्म खेलकुदको क्षेत्र प्राप्त गरेका उपलब्धिहरू र गीत-संगीतको क्षेत्रमा विभिन्न अवसरहरूमा प्राप्त गरेका उपलब्धिहरूलाई समेत जगेर्ना गर्दै आगामी दिनमा उक्त क्षेत्रहरूमा अझ प्रभावकारिता ल्याउन प्रयासरत रहने ।

श्री सुनवर्षी माध्यमिक विद्यालय, रतुवामाई-५, मोरङ              सम्पर्क नं.: ९८४२२५०९७२  ९८१९३३२०३२                    इमेल ठेगाना: sunbarshischool@gmail.com

No comments:

Post a Comment