कार्यमूलक अनुसन्धान प्रतिवेदन
शीर्षक:
"लामो बिदापछि विद्यालय खुलेको पहिलो दिन विद्यार्थीहरूको न्यून उपस्थिति सम्बन्धी कार्यमूलक अनुसन्धान"
१. अध्ययनको पृष्ठभूमि (Introduction / Background)
विद्यालयमा लामो बिदा (जस्तै: दशैं, तिहार, जाडो/गर्मी बिदा) पछि विद्यालय खुलेको पहिलो दिन विद्यार्थीहरूको उपस्थिति सामान्यतया अत्यन्तै न्यून देखिन्छ। यसले पठन-पाठन कार्यमा असर पार्ने मात्र होइन, विद्यालयको अनुशासन, योजना र नियमिततालाई पनि कमजोर बनाउँछ।
यो समस्याको वास्तविक कारण पत्ता लगाई समाधानका उपायहरू खोज्ने उद्देश्यले यो कार्यमूलक अनुसन्धान गरिएको हो।
२. समस्याको पहिचान (Identification of the Problem)
मुख्य समस्या:
- लामो बिदापछि विद्यालय खुलेको पहिलो दिन विद्यार्थीहरूको उपस्थिति न्यून हुन्छ।
३. अनुसन्धानका उद्देश्यहरू (Objectives)
मुख्य उद्देश्य:
- विद्यालय खुलेको पहिलो दिन विद्यार्थीहरूको न्यून उपस्थितिका कारणहरू पत्ता लगाउने र समाधानका उपाय सुझाउने।
विशेष उद्देश्यहरू:
- विद्यार्थीहरूको अनुपस्थितिका प्रमुख कारणहरू पत्ता लगाउने।
- अभिभावक तथा शिक्षकको दृष्टिकोंण बुझ्ने।
- विद्यार्थीहरूको उपस्थितिमा सुधार ल्याउने उपाय परीक्षण गर्ने।
४. अध्ययनका प्रश्नहरू (Research Questions)
- विद्यालय खुलेको पहिलो दिन विद्यार्थीको उपस्थिति किन हुन्छ?
- के अभिभावक र शिक्षकहरूले पनि यसलाई सामान्य रूपमा लिन्छन्?
- कुन उपायले विद्यार्थीहरूको उपस्थिति बढाउन सकिन्छ?
५. अध्ययनको क्षेत्र र जनसंख्या (Field and Population)
स्थान: श्री सुनवर्षी मा.वि., रतुवामाई-५, मोरङ
जनसंख्या: कक्षा ६ देखि १२ का विद्यार्थीहरू
नमूना आकार: ५० विद्यार्थी, १० शिक्षक, २० अभिभावक
अध्ययनको अवधि: २०८२ सालको दशैं बिदापछि विद्यालय खुलेको दोस्रो दिनदेखि आठौं दिनसम्म (जम्मा ७ दिन) ।
६. अध्ययन विधि र उपकरणहरू (Method and Tools)
अध्ययनको प्रकार: कार्यमूलक अनुसन्धान (Action Research)
तथ्याङ्क सङ्कलनका उपकरणहरू:
- अन्तर्वार्ता (Interview)
- प्रश्नावली (Questionnaire)
- प्रत्यक्ष अवलोकन (Observation)
७. तथ्याङ्कको विश्लेषण (Data Analysis)
अन्तर्वार्ता र प्रश्नावलीका आधारमा प्राप्त मुख्य तथ्यहरू:
- धेरै विद्यार्थीहरू गाउँघरमा रहेका नातेदार वा साथी भेट्न बिदामा गएर फर्किन ढिलो गर्छन्।
- केही विद्यार्थीहरू विद्यालय सुरु भएपछि मात्रै तयारी (कपडा धुने, सरसफाइ गर्ने, गृहकार्य गर्ने, कपी कलम किन्ने आदि) गर्छन्।
- अभिभावकहरूले पनि पहिलो दिनको उपस्थितिलाई “त्यति जरुरी छैन” भनेर लापरवाही गर्छन्।
- केही विद्यार्थीहरू गृहकार्यको डरले पनि आउँदैनन्।
८. समाधानका उपायहरू (Action / Intervention)
निम्न सुधारात्मक कार्यहरू लागू गरियो:
- विद्यालयको सूचनापाटी र सामाजिक सञ्जालहरूको माध्यमहरूबाट अभिभावकलाई पहिलो दिन विद्यार्थीलाई उपस्थित गराउनु पर्नेछ भनेर सचेत पारियो ।
- शिक्षक र विद्यार्थीबीच “पहिलो दिन अनिवार्य उपस्थित हुने” भनी पूर्व-सम्झौता (commitment) गरियो ।
- विद्यालयले पहिलो दिन मनोरञ्जनात्मक कार्यक्रम राख्यो (गायन, नृत्य, खेलकुद, पुरस्कार वितरण आदि)।
- पहिलो दिन उपस्थित हुने विद्यार्थीहरूलाई सानै भए पनि “उपस्थिति पुरस्कार” दिइयो।
९. नतिजा (Findings / Results)
उपर्युक्त उपायहरू लागू गरेपछि त्यसपछिको तिहारदेखि छठसम्मको लामो बिदापछिको पहिलो दिनको उपस्थिति र अन्य पक्षहरू यस प्रकार रहका देखिए :
- विद्यार्थीहरूको पहिलो दिनको उपस्थितिमा अघिल्लो ३०% बाट बढेर ७०% सम्म सुधार देखियो।
- अभिभावकहरूको विद्यालयप्रतिको जिम्मेवारीबोध बढेको देखियो।
- विद्यार्थीहरू विद्यालय फर्किन उत्साहित भएको पाइयो ।
१०. निष्कर्ष (Conclusion)
लामो बिदापछि विद्यालय खुलेको पहिलो दिन विद्यार्थीहरूको उपस्थिति न्यून हुनुका कारणहरू मुख्यतः सामाजिक बानी, अभिभावकको लापरवाही र विद्यार्थीको मानसिक तयारीसँग सम्बन्धित छन्।
यदि विद्यालयले समयमै जानकारी, प्रोत्साहन र उपयुुक्त वातावरण सृजना गर्न सक्यो भने उपस्थिति दर उल्लेखनीय रूपमा बढाउन सकिन्छ।
११. सिफारिस (Recommendations)
- विद्यालयले हरेक बिदाअघि पुनः उपस्थितिको मिति स्पष्ट रूपमा सूचित गर्नुपर्छ।
- पहिलो दिन विद्यालयले मनोरञ्जनात्मक कार्यक्रम राख्नुपर्छ।
- अभिभावकहरूलाई बिदापश्चात् नियमितता सम्बन्धी सन्देश पठाइनुपर्छ।
- विद्यार्थीहरूलाई नियमित उपस्थितिको लागि प्रेरणा र पुरस्कारको व्यवस्था गर्नुपर्छ।
अन्त्यमा
यो कार्यमूलक अनुसन्धानले विद्यालयमा व्यवहारिक सुधार ल्याउन सहयोग पुर्याउँछ। यसले शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य र जिम्मेवारीबोध बढाउँछ।
अनुसन्धानकर्ता
यज्ञकुमार निरौला
शिक्षक
श्री सुनवर्षी मा.वि., रतुवामाई-५, मोरङ
सम्पर्क: ९८४२२५०९७२
***
No comments:
Post a Comment