जनकपुर - जलेश्वर यात्रा (पारिवारिक)
गतवर्ष (२०२३ नोभेम्बर १० र ११ तारिख) हाम्रो पारिवारिक यात्रा अन्तरगत नोभेम्बर १० तारिखका दिन जनकपुरको जानकी मन्दिर, विवाह मण्डप, राम मन्दिर, राजा जनककी कुलदेवी माँ राजोदेवी मन्दिर लगायत विभिन्न तलाउहरूको दर्शन गरेर त्यसदिन राती जनकपुरको होटल श्रीनाथ एण्ड गेस्ट हाउसमा बास बसेर भोलिपल्ट बिहान नोभेम्बर ११ तारिखका दिन महोत्तरीस्थित जलेश्वर महादेव मन्दिरको दर्शन गरी त्यसै दिन घर फिर्ने क्रममा बाटोमा पर्ने सप्तरीको भारदहस्थित कङ्कालिनी शक्तिपीठको दर्शन गरेर कोशी ब्यारेजमा केही समय विश्राम गरी चियानास्ता गरेर बेलुका घर आइयो ।
***
No comments:
Post a Comment